एल्बमको तयारी गर्दै विशाल
screennepal
प्रकाशित: २०७३, १२ चैत्र शनिबार
no img

bishal

काठमाडौं, १२ चैत । नवोदित गीतकार तथा गायक विशाल बेघा लिम्बू गीति एल्बमको तयारीमा जुटेका छन् । पाँचथर, फलैंचाका विशाल एल्बमकै लागि यतिखेर गीत रेकर्डिङमा व्यस्त छन् ।
सानैबाट गीतसंगीतमा रुचि राख्दै आएका स्कुल पढ्दैदेखि गीत, गजल र कविता लेख्दै आएको विशालले बताए । तर, गायनमा आफ्नो बढी रुचि भएकाले एल्बम निकाल्न लागेको उनले सुनाए । आफ्नो एल्बमका लागि तीन गीत रेकर्ड गराइसकेका उनले भने, ‘स्कुलमा पढ्दैदेखि गाउने पनि गर्थेँ । तर, लेखनलाई बढी प्राथमिकता दिँदै आएको थिएँ ।’
आफ्नो एल्बमका लागि क्या राम्री, आँखाभरी जस्ता बोलको गीत रकर्ड भइसकेको विशालले सुनाए । उनका अनुसार एल्बममा राजेशपायल राई, मेलिना राई, सुरज मादेनलगायतका पछिल्लो समयका चर्चित गायक÷गायिकाको स्वर रहनेछ ।
त्यस्तै, संगीत उत्तमजंग लिम्बूलगायतको रहने जनाइएको छ । एल्बमको केही गीतको भिडियो समेत चाँडै निर्माण गर्ने विशालले बताएका छन् । तीन वर्षयता रोजगारीको सिलसिलामा मलेसिया रहेका उनले नेपाली गीतसंगीत क्षेत्रमा आफ्नो उपस्थितिलाई श्रोता तथा दर्शकले साथ दिने अपेक्षा गरेका छन् ।

Comments