VIDEO : ‘ब्युटी ब्युटी’ मधु
screennepal
प्रकाशित: २०७३, १२ चैत्र शनिबार
no img

madhu

काठमाडौं, १२ चैत । गायिका मधु क्षेत्रीको लोकपप ब्युटी ब्युटी छ… गीत श्रोता÷दर्शकमाझ आएको छ । मधुलाई स्वरमा मेक्सम खातीले साथ दिएका छन् । गीतलाई युट्यवमार्फत सार्वजनिक गरिएको हो ।
क्रान्ति केसीले निर्देशन गरेको ‘ब्युटी ब्युटी छ…’मा एसराज गहतराज र अनु शाहले अन स्क्रिन रोमान्स गरेका छन् भने उत्सव दाहाले छायाँकन गरेका हुन् । मधुका यसअघि जवानी छल्कियो, आगो पा¥यो, परिती लगाउन जस्ता गीत दर्शक÷स्रोताले अध्याधिक मन पराएका छन् । उनको छिट्टै आउँदै गरेको गीत सुदुर पच्छिम दुई अञ्चल जील्ला ९ बटा… रहेको छ । यो गीतमा उनलाई मिलन लामाले स्वरमा साथ दिएका छन् ।
गत ७ वर्ष देखि नेपाली गीत, संगीतमा आफ्ना क्रिएशनहरु दिदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यस सम्बन्धि अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् । सुदुर पच्छिम कैलालीको चौमालामा बुबा पदमसिंह सिंगाल र पदमादेवी सुंगलको कोखबाट जन्मेकी मधु सबै खाले गीत गाउँने गरेकी छन् । तर, उनको पहिचान भने लोकगीतमा रहेको छ ।

Comments