राणी सती सेवाको रजत जयन्ती
screennepal
प्रकाशित: २०७३, १२ चैत्र शनिबार
no img

काठमाडौं, १२ चैत । राणी सती सेवा संघले आफ्नो रजत जयन्तीका अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

as

कार्यक्रममा बोल्दै संघका अध्यक्ष अजय जालानले राणी सती मन्दिर झूंझनुको सहकार्यमा नारायणी नमो नमो कार्यक्रम काठमाडौंको ऐतिहासिक महत्व बोकेको प्राकृतिक कमलपोखरीलाई विश्वसामु चिनाउन र पयर्टक आर्कषण गर्नका लागि पनि यो कार्यक्रम गरेको बताए ।
भारतको राजस्थानबाट आएका कलाकार र नेपाली कलाकारको विशेष प्रस्तुती रहने छ । रजत जयन्ती अवसरमा शनिबार महा सोभायात्रा, गण गौर उत्सव तथा दीपोउत्सव गरिएको छ ।
उत्सवका लागि कमल पोखरी बेहुलीझैं सिंगारिएको छ । दुई दिवशिय विशेष कार्यक्रममा पशुपति नाथ, हनुमान, श्याम बाबा, दुर्गा माता र राणी दादीको विविध झाँकी तथा ध्वजा र विभिन्न प्रकारका बाजा गाजासहित ५ सय ५१ नारीद्वारा विशाल कलश यात्रा गरिएको छ । कलशयात्रा सुरज आर्केडबाट कमल पोखरीमा रहेको अग्रवाल भवनसम्म पुगेको थियो ।

कार्यक्रममा गणगौर उत्सव, दीप उत्सवलगायत भजन किर्तनको कार्यक्रम रहेको कार्यक्रमका संयोजक श्रवणकुमार संघाई बताए । कार्यक्रमको लागि भारतबाट ३ सय ५० भन्दा बढीको सहभागी रहने भारतबाट आएका उदय जलानले बताए ।

Comments