मेलिना राईको ‘प्रेम होकि नाटक…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ११ चैत्र शुक्रबार
no img

काठमाडौं, ११ चैत । पछिल्लो समयकी व्यस्त गायिका मेलिना राईद्वारा स्वरबद्ध ‘प्रेम हो कि तिम्रो नाटक’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । गीतमा अनुज राईको शब्द र गायक तथा संगीतकार महेन्द्र राईको संगीत रहेको छ । हालैमात्र सार्वजनिक यस म्युजिक भिडियोलाई मोडल सुरेश घोण्डे गुरुङले निर्देशन गरेका हुन् ।
अमेरिकाको विभिन्न रमणीय ठाउँहरुमा छायांकन गरिएका भिडियोमा मोडल सुरेश घोण्डे गुरुङ, बेदी क्षेत्री, दिलु गुरुङ र युगल अधिकारीले अभिनय गरेका छन् ।
भिडियोमा प्रसाद राई र शुक्राज माबो लिम्बुको छायांकन र सम्पादन रहेको छ । यस भिडियोलाई प्रिजम मेलोडीले निर्माण गरेको हो ।

Comments