अशोक मुकारुङको झुल्क्यो ‘झुल्केको घाम’
screennepal
प्रकाशित: २०७३, १० चैत्र बिहीबार
no img

काठमाडौं, १० चैत । गायक अशोक मुकारुङ ‘झुल्केको घाम’सँगै श्रोता तथा दर्शकमाझ आएका छन् । अशोकको गीति एल्बम ‘झुल्केको घाम’ बिहीबार राजधानीमा एक समारोहबीच लोकार्पण गरिएको छ । सेवा इन्टरटेनमेन्टद्वारा आयोजित कार्यक्रममा ‘झुल्केको घाम’ को प्रमुख अतिथि बरिष्ठ गायक तथा नेपाल संगीत नाट्य प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, कवि श्रवण मुकारुङ, गीतकार तथा गायक आभाषलगायतले लोकार्पण गरे । ‘झुल्केको घाम’ गायक अशोकको चौथो एल्बम हो ।

17431468_1664579630235880_527286533_o
कार्यक्रममा बोल्दै गायक तथा संगीतकार आभाषले अशोकको गायनकलाको प्रशंसा गरे । सिंगापुर प्रहरीमा डेढ दशक सेवा गरेर हालैमात्र रिटार्यड भएका गायक अशोकले संगीतमै पनि एक दशकभन्दा बढी बिताइसकेका छन् । सुरुमा गायनलाई रुचिका रुपमा लिएका अशोकले भने, ‘रिटार्यड लाइफपछि संगीतलाई व्यवसायिक रुपमा लिएको छु ।’
एल्बम ‘झुल्कको घाम’ मा सात वटा गीत समावेश छन् । जसमा झुल्केको घाम, लैबरी, पानी त चिसो, तिमीबाट, धरानैको सोल्टिनी र पिखुवा खोला बोलका गीत रहेका छन् ।
एल्बममा बसन्त मुकारुङ, खेमराज गुरुङ, सन्तोष श्रेष्ठ, सुमन राईलगायतको संगीत रहेको छ भने गौरब गुरुङ, खेमराज गुरुङ, तुलसी बस्नेत, बसन्त मुकारुङ र गंगा राईको शब्दरचना रहेको छ । कार्यक्रममा एल्बममा समावेश दुई गीतको भिडियो पनि देखाइएको थियो । यस एल्बमलाई सेवा इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।

Comments