पुस्तककालय लागि ३ लाख ४२ हजार ७६ रुपैयाँ सहयोग
screennepal
प्रकाशित: २०७३, ९ चैत्र बुधबार
no img

काठमाडौं, ९ चैत । तेह्रथमको सदरमुकाम म्याङलुडमा निर्माणधिन किरात धर्म तथा साहित्य उत्थान संघको पुस्तककालय भवनका लागि सहयोग जुट्नेक्रम बढेका छ ।

यसैक्रममा हङकङमा बसोबास गर्दै आएकी गीतकार तथा समाजसेवी गीता पालुङवा र इजरायलमा रहँदै आएकी भीमा नेम्बाङ न्यौपानेको अगुवाइमा संकलित ३ लाख ४२ हजार ७६ रुपैयाँ सहयोग रकम बुधबार हस्तान्तरण गरिएको छ ।

hakpare
हिलिहाङ हाक्पारे पालम सयङले राजधानीमा एक कार्यक्रमबीच उक्त सहयोग रकम किरात धर्म तथा साहित्य उत्थान संघ तेह्रथमका अध्यक्ष राजकुमार तेयुङलाई हस्तान्तरण गरेको हो । अध्यक्ष तेयुङलाई कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ कवि बैरागी काइँलाले रकम हस्तान्तरण गरे । पालुङवा र न्यौपानेको पहलमा विभिन्न देशमा बसोबास गर्ने नेपालीमार्फत उक्त रकम संकलन गरिएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै पूर्वकुलपति समेत रहेका काइँलाले आफ्नो छाक काटेर सहयोग गरेको भन्दै सहयोगीहरुको प्रसंसा गरे ।
हिलिहाङ हाक्पारे पालम सयङ एक यस्तो समूह हो, जहाँ लिम्बू समुदायका युवा समूह सक्रिय छन् । उनीहरुले विभिन्न सामाजिक कार्यमा आफ्नो संलग्नता देखाउँदै आएका छन् र स्थापनाको छाटो समयमै चर्चामा समेत आएको छ उक्त सयङ । संस्कृतिक तथा सामाजिक कार्य गर्ने उद्देश्यले नै संस्था स्थपना भएकाले आफनो उद्देश्य अनुकुल काम गर्दै आएका हिलिहाङ हाक्पारे पालम सयङका अध्यक्ष प्रदीप योङहाङले बताए ।

Comments