‘लुकी लुकी’ रोमान्स गर्दै अनु–रबि
screennepal
प्रकाशित: २०७३, ७ चैत्र सोमबार
no img

काठमाडौं, ७ चैत्र । पछिल्लो समयका चर्चित गायक युवराज चौलागाइको स्वर रहेको गीत ‘लुकी लुकी…’ भिडियोसहित सार्वजनिक भएको छ । हाइलाइन्टस् नेपाल मार्फत सार्वजनिक गीतको भिडियो रोमान्टिक थिममा तयार गरिएको छ ।
भिडियोमा अभिनेत्रीसमेत रहेकी मोडल अनु शाह र रबि अधिकारीको साथमा कोरस कलाकारको अभिनय देख्न सकिन्छ । गोदावरी र कीर्तिपुरको चम्पादेबीलगायत स्थानमा छायांकन भएको भिडियोमा राकेश शाहीको कोरियोग्राफी छ ।
रिमेश कुमारको संगीत रहेको गीतको भिडियो महेन्द्र थापाले छायाँकन गरेका हुन् भने सम्पादन दिपक लामाले गरेका छन् । भिडियोलाई नेपाल सास्कृतीक कला मन्दिरले निर्माण गरेको हो ।

Comments