अनिला–भीमको यस्तो पो सोल्टिज्यू… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ६ चैत्र आईतवार
no img

anila rai

काठमाडौं, ६ चैत । पुर्वको पर्यटकीय बजार भेडेटार कसलाई घुम्ने रहर नहोला र ? अझ सोल्टी–सोल्टिनीसँग भेडेटार घुम्नको मज्जा बेग्लै हुन्छ । यस्तै, भावमा गायिका अनिला राई र गायक भीम लिम्बूले पुर्वेली लोकभाकामा ‘सोल्टीज्यू’ बोलको गीत गाएका छन् । गीतमा भेडेटार घुम्ने रहर व्यक्त गरिएको छ ।
भेडेटार घुम्ने रहर पुरानो भन्दै गीतमा भेडेटारलगायत पुर्वको विभिन्न रमणीय स्थलहरुको बयान गरिएको छ । सोल्टी–सोल्टिनी पुर्वमा प्रचलित चर्चित शब्द हो जबकि, आफूलाई मनपर्ने तरुनी तथा तन्नेरीलाई सोल्टी–सोल्टिनी भन्ने गरिन्छ ।
गायिका अनिला र गायक भीमले यस गीतमा पुर्वतिर गाउँघरमा माया–पिरतीको लाउने तरुनी–तन्नेरी अर्थात सोल्टी–सोल्टिनीको स्मरण गराएका छन् । यस गीतलाई पछिल्लो समयका चर्चित संगीतकार ताराप्रकाश लिम्बूले संगीत गरेका हुन् भने शब्दरचना रमण सुबेदीको रहेको छ । यो स्टुडियो लिप्सिङ भिडियो हो । जसलाई अनिलाले आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
एक दशकयता बेलायतलाई कर्मथलो बनाउँदै आएका अनिलाले नेपाली गीतसंगीतलाई पनि निरन्तरता दिँदै आएकी छन् । केही समयअघि मात्र ‘स्वरांकन’ नामक आधुनिक गीति एल्बम श्रोतामाझ ल्याएर बेलायत फर्केकी अनिलाको यो पछिल्लो गीत हो ।
लोकगीतबाटै गायन करिअर प्रारम्भ गरेकी अनिलाद्वारा स्वरबद्ध नेपाली चलचित्र ‘बिरविक्रम’ को टल टल टल्कियो बोलको मारुनी भाकाको गीतलाई श्रोता÷दर्शकले निकै रुचाएका छन् । यसैबेला उनले यो पुर्वेली लोकगीत प्रस्तुत गरेकी हुन् ।

Comments