हङकङमा ‘अमृता’सँगै जब झुल्किन् नुमाफुङ… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ६ चैत्र आईतवार
no img

amrita limbu

काठमाडौं, ६ चैत । नेपाली गायन क्षेत्रमा उज्वल भविष्यको लक्ष्यका साथ अडागि बढिरहेकी गायिका अमृता साम्बाहम्फे लिम्बु केही दिनअघि हङकङमा ‘नुमाफुङ’झै खुलिन् । पहिलोपटक सांगीतिक यात्राको दौरानमा हङकङ पुगेकी अमृताले ‘म त नुमाफुङ पो त’ गाउँदा दर्शकको राम्रै हुटहुट्टी पाइन् । अमृताका लागि हङकङयात्रा ‘पशुपतिको दर्शन सिद्राको व्यापार’ भनेजस्तै भयो किनकि, उनले त्यहाँ गीतसंगीत प्रस्तुत गरेर दर्शकको माया त बटुलिन् नै, जहाँ उनले आफ्नो पहिलो गीति एल्बम ‘अमृता’ पनि सार्वजनिक गरिन् ।

amrita
हङकङस्थित याक एण्ड यति होटलमा सम्पन्न ‘अमृताज म्युजिकल नाइट’ को अवसरमा अमृताको एल्बमलाई हङकङमा बस्दै आएका बरिष्ठ संगीतकार दिनेश सुब्बालगायतले लोकार्पण गरेका थिए । हङकङबाट फर्केपछि अमृताले भनिन्, ‘कार्यक्रम राम्रै भयो । यो मेरो पहिलो हङकङ यात्रा थियो ।’ हङकङमा आफ्नो पहिलो सांगीतिक कोशेली ‘अमृता’ लोकार्पण गर्न पाउँदा खुसी लागेको उनले स्क्रीन नेपाललाई सुनाइन् ।
कबिर आधा दशकयता नेपाली सांगीतिक क्षेत्रमा सक्रिय अमृताको एल्बम ‘अमृता’ मा आठ वटा गीत समावेश छ । एल्बममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, शिखर सन्तोष, हरी लम्साल, बिनोद खम्बु, सुमन राई, ईन्द्र गुरुङलगायतको संगीत रहेको छ । एल्बमका ती गीतमा जानु काम्बाङ लिङ्देन, मुकेश राई, विर्शिका राई, सीता शेरचन र स्वप्लिन लिम्बुको शब्दरचना रहेको छ ।
केही नेपाली चलचित्रहरुमा समेत गाइसकेकी अमृताले आफ्नो एल्बमको दुई गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरेकी छन् ।
एल्बमको अर्जुन पोखरेलद्वारा संगीतबद्ध ‘म त नुमाफुङ पो त’ र सुमन राईद्वारा संगीतबद्ध ‘काँडा जस्तै बिझिसक्यो’ गीतको भिडियोलाई सार्वजनिक गरेकी हुन् । ‘म त नुमाफुङ पोत’ गीतको भिडियोलाई युगल पोमोले निर्देशन गरेका हुन् । जसमा गायिका सयंम र निराजन प्रधानले अभिनय गरेका छन् भने अर्को गीतको भिडियोदालाई जिबि लामाले निर्देशन गरेका हुन् । सो भिडियोमा रोहनी लामा तथा अनिश मगरको अभिनय छ ।

Comments