‘आदिवासी सुन्दरी’ले देखाए विविध कला
screennepal
प्रकाशित: २०७३, ५ चैत्र शनिबार
no img

IMG_6298

काठमाडौं, ५ चैत । अर्चना प्रधान ‘शिरैमा शिरबन्दी’ बोलको गीतमा प्रस्तुत हुँदा सबैले तालीले साथ दिए । अर्चनापछि कार्यक्रम उद्घोषकले नग्मा श्रेष्ठको नाम लिए । नग्मा ‘डाँफेझैं नाच्ने’ बोलको राष्ट्रिय भावनाको गीतमा प्रस्तुत भइन् ।
अधिकांश प्रतियोगीले नेपालीपन झल्काउँने गीतमा नृत्य गरेका थिए । हो, शनिबार ‘आदिवासी सुन्दरी’ अर्थात् ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाए ।

IMG_6306
राजधानीको लाजिम्पाटस्थित सम्पदा रिर्सोटमा प्यासिकपिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित ट्यालेन्ट शोअन्तर्गत ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ का ४४ जना युवती प्रतिस्पर्धाले आफ्नो प्रतिभा देखाएका हुन् । ट्यालेन्ट राउण्ड तथा प्रि–जजिङ राउण्ड अन्तर्गत प्रतिभा प्रस्फुटन कार्यक्रममा प्रतियोगीले गायन, नृत्य, अभिनय, वक्तृत्वकलालगायतका प्रतिभा देखाएका थिए । यस ट्यालेन्ट राउण्डमा कोरियोग्राफर रोजिन शाक्य, मोडल विपना थापा, उज्वलकृष्ण श्रेष्ठ, तेह्रथुमे ढाका बुटिककी सञ्चालक तथा फेसन डिजाइनर निरु आङ्बुङ, राम मादेन, प्रदीपमान प्रधान, अधिवक्ता लक्ष्मण महर्जन, व्यवसायिक अमरज्योती रञ्जितलगायत निर्णायक रहेका थिए । ट्यालेन्ट राउण्डको नतिजा फाइनलकै दिन घोषणा गरिने आयोजकले जनाएको छ ।

IMG_6419
प्रतियोगीहरु एक सातायता विभिन्न आदिवासी जनजाती क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुबाट पनि आदिवासी शीप, कला, भाषा र संस्कारबारे प्रशिक्षण व्यस्त रहेका छन् । कार्यक्रमको अन्तिम स्पर्धा आउँदो १४ चैतमा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।

Comments