मेलिनाको स्वरमा ‘सुन्न सकिनँ’ भन्दै दर्पण–सम्झना (अडियोसहित)
screennepal
प्रकाशित: २०७३, ४ चैत्र शुक्रबार
no img

2

काठमाडौं, ४ चैत । सुन्न नसकेपनि दुई दिनसम्म गीतकार तथा मोडल दर्पण राई मोडल सम्झना राईसँग चितवन र नवलपरासीतिर रमाएर काठमाडौ फर्केका छन् । काठमाडौं फर्केपछि दर्पणले भने, ‘ठ्याक्कै दुईदिन लाग्यो नि ।’

4
प्रशंग एक म्युजिक भिडियो छायांकनको हो । पछिल्लो समयकी चर्चित गायिका मेलिना राईद्वारा स्वरबद्ध ‘सुन्न सकिनँ’ बोल गीतको छायांकन चितवन र नवलपरासीको विभिन्न स्थानमा गरिएको छ । जुन गीतमा दर्पण र सम्झनालगायतका कलाकारले मोडलिङ गरेका छन् ।
राजेश अर्यालको शब्दरचना रहेको ‘सुन्न सकिनँ’ गीतलाई टंक बुढाथोकीले संगीत गरेका हुन् । यस गीतको भिडियोलाई सुशांक कँडेलले निर्देशन गरेका छन् । यो गीतको छायांकन गर्न दुई दिन लगाइएको छ । कथावस्तु अनुसार ‘सुन्न सकिनँ’ गीतको भिडियो छायांकन गर्न दुई दिन लागेको दर्पणले बताए । उनले भने, ‘उक्त गीतको भिडियोका लागि निकै मिहिनेत गरेका छौं । भिडियो दुई साताभित्र रिलिज हुनेछ ।’

Comments