वर्षा र कालिप्रसाद ‘वर्षको उत्कृष्ट व्यक्तित्व’
screennepal
प्रकाशित: २०७३, ४ चैत्र शुक्रबार
no img

barsha

काठमाडौं, ४ चैत । संगीतकार कालिप्रसाद बास्कोटा र नायिका बर्षा राउत ‘वर्ष उत्कृष्ट’ व्यक्तित्व घोषित भएका छन् । फिल्मीखबर साप्ताहिकले आफ्नो स्थापनाको ८औं वार्षिकोत्सवको अवसरमा उनीहरलाई ‘फिल्मीखबर वर्ष व्यक्ति’ बाट सम्मान गरेको हो ।
चलचित्र नाई नभन्नू ल ४ बाट डेब्यु गरेकी नायिका बर्षाले ‘छक्का पन्जा’, ‘जात्रा’ चलचित्रमा काम गरिसकेकी छन् । मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेकी राउतले तीन चलचित्रमा काम गरिन् भने तीनै चलचित्र सफल पनि भए ।
यस्तै लामो समयदेखि संगीत दिँदै आएका संगीतकार कालीप्रसाद बास्कोटाका गीतहरु पछिल्ला समयका हिट भएका छन् । रेशम फिलिली, पुरानो डुङगा,  लुट– २ र साइली जस्ता चर्चित गीतहरुमा संगीत स्वर दिएका छन् ।

Comments