भाग्यमानी हिरोइन, जसको हातमा एकपछि अर्को फिल्म !
screennepal
प्रकाशित: २०७३, २ चैत्र बुधबार
no img

मुम्बई, २ चैत । कतिपयलाई पर्दामा आएर पनि चर्चामा आउनलाई लामो समय लाग्छ । तर, भोजपुरीमा एक यस्ती अभिनेत्री छन्, जो आफ्नो फिल्म रिलिज हुनअघि नै चर्चाको शिखरमा पुगेकी छन् ।

bhojpuri
यो प्रशंग अभिनेत्री श्रेया मिश्रको हो । यिनी अभिनीत फिल्म रिलिज भएको छैन । तर, अहिले श्रेया चर्चाको विषय बनेकी छन् । उनको चर्चाको कारण भने एकपछि अर्को फिल्म पाउनु हो । समाचारमा जनाइएअनुसार श्रेयाको अब चाँडै भोजपुरी फिल्म ‘पटना सुपर फास्ट’ मा देखिँदैछिन् । यो उनको पछिल्लो फिल्म हो । जसलाई अलि हेमपाज र राकेश कुमारले निर्देशन गरिरहेका छन् ।
‘पटना सुपर फास्ट’ का लागि श्रेयाको अपोजिट एक मेल स्टारको खोजी भइरहेको जनाइएको छ । श्रेयाको भोजपुरीमा अहिलेसम्म एउटा पनि फिल्म रिलिज भएको छैन । उनको पहिलो फिल्म ‘अर्जुन’ को भर्खरै सुटिङ सकिएको छ । उक्त फिल्म चाँडै रिलिज हुन पनि बताइएको छ । त्यस्तै, उनको दोस्रो फिल्म फिल्म ‘नसीब’ को सुटिङ पनि करिब पूरा हुन लागेको छ ।
‘अर्जुन’ मा श्रेया गाउँको सोझी युवतीको भूमिकामा देखिँदैछिन् । त्यस्तै, ‘नसीब’ मा भने उनी सहरिया युवतीको रोलमा छिन् । श्रेयाको ‘पटना सुपरफास्ट’ मा पनि उनको भूमिका फरक रहेको बताइएको छ ।

Comments