कोरियोग्राफर रोजिन रियालिटी शोे प्रस्तोता पनि
screennepal
प्रकाशित: २०७३, २ चैत्र बुधबार
no img

काठमाडौं, २ चैत । फेसन शो तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन कलेज अध्यापनलगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई टेलिभिजनको पर्दामा समाचार वाचकका रुपमा मात्र नभई टेलिभिजिन रियालिटी शोको प्रस्तोताका रुपमा पनि देखिन थालिएको छ ।

22
ईमेज च्यानलको पर्दामा प्रत्येक बिहीबार बेलुकी ८.२० बजे प्रशारण हुन थालेको अभियनसंग सम्बन्धीत टेलिभिजिन रियालिटी शो ‘नेसनल एक्टिङ कम्पिटिसन’ मा रोजिन कार्यक्रम प्रस्तोताका भूमिका देखिन थालेका हुन् ।
नेक्स्ट मोडल्स नेपालको आयोजनामा संचालन हुँदै गरेको यो प्रतियोगितामा नाट्यकर्मी एवं अभिनेता अनुप बराल, अभिनेत्री ऋचा शर्मा तथा अभिनेता दयाहाङ राईले निर्णायकको भूमिका निर्वाह गरेका छन् । कार्यक्रम शुक्रबार बिहान १०.२० बजे पुनः प्रशारण हुने गरेको छ ।
टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा रोजिनका लागि यो लामो समय पछिको कार्य थालनी हो तर नौलो भने होइन । यसअघि वि.सं. २०५८ सालमा च्यानल नेपालको पर्दामा नेपाली चलचित्र सम्बन्धीत दुई वटा कार्यक्रमहरु सप्तरंगी र सिनेबाइट्स संचालन गरेका रोजिनले वि.सं. २०६० सालमा एनटिभि टुमा प्रवेश गरेका थिए । त्यहाँ करिब ६ वर्षसम्म फेसन सम्बन्धीत कार्यक्रम फेसन बज र चलचित्र सम्बन्धीत कार्यक्रम सिने सिज्लर नामक कार्यक्रमको प्रस्तोता एवं निर्माताको रुपमा भूमिका निर्वाह गरेका थिए । विगत आठ वर्ष यताबाट रोजिन नेपाल भाषाको समाचार वाचकका रुपमा प्रस्तुत हुँदै आएका छन् ।

Comments