तायाहाङमाको कता कता सपनीमा… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २८ फाल्गुन शनिबार
no img

taya

काठमाडौं, २८ फागुन । गायिका तायाहाङमा राईको ‘कता कता सपनीमा’ सार्वजनिक भएको छ । पछिल्लो समय स्टेज प्रोगाम र रेकर्डिङमा ब्यस्त तायाहाङमाले आफ्नो ‘कता कता सपनीमा’ बोल गीतलाई लिप्सिङ भिडियोमा सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा प्रतिक चाम्लिङको शब्द, पूजन लोहागणको संगीत र चाँद सिंहको एरेञ्ज रहेको छ ।
गायिका तायाहाङमाले गीत सार्वजनिक गरेपछि भनिन्, ‘यो गीतको शब्द, संगीतलगायत सबैपार्ट आफैलाई मनपरेकाले भिडियोमा ल्याएकी हुँ।’ तायाहाङमाले पछिल्लो समय ‘तराना’ नामक एल्बम ल्याएकी थिइन् । जुन उनको दोस्रो एल्बम हो । हिजोआज विभिन्न कलेक्शन एल्बमका गीत र कार्यक्रममै व्यस्त रहेको तायाहाङमाले सुनाइन् । उनको यो लिप्सिङ भिडियोमा आएको गीत पनि श्रोताले निकै रुचाएका छन् ।

Comments