वाह ! सोनमको फेसन कम्बिनेशन
screennepal
प्रकाशित: २०७३, २७ फाल्गुन शुक्रबार
no img

sonam

काठमाडौं, २७ फागुन । बलिउड अभिनेत्री सोनम कपुर एकपटक फेरि आफ्नो लुक्सका कारण छाएकी छन् । बलिउडकी यी सुन्दर अभिनेत्रीले बेलाबेला आफ्नो लुक्सकै कारण सबैलाई घायल बनाउने गरेकी छन् । यस्तै यसपटक पनि सोनमले मेकअप, ड्रेसअप र आफ्नो सुन्दरताको परफेक्ट कम्बिनेशनले चर्चामा आएकी छन् । हुन त यी अभिनेत्री बलिउडमा त्यसै पनि फेसनेवल मानिन्छिन् ।

sonam (1)
यो पछिल्लो सोनमको तस्बिरहरु उनकै बहिनी रेहा कपुरले सार्वजनिक गरेकी हुन् । सोसल मिडियामार्फत सार्वजनिक भएका सोनमका तस्बिरहरु हेर्दा लाग्छ, ‘उनी आफ्नो सुन्दरताबाटै दर्शकलाई आकर्षित गर्न चाहन्छिन् ।’ ब्ल्याक एण्ड वाइट स्ट्रिप्समा फ्रन्ट बेल्टेड टप र वाइट कटन ब्ल्याक लाइनमा सोनम साँच्चीकै खुलेकी छन् । फेसनले व्यक्तित्व झल्काउँछ र सेलिब्रेटीका लागि यो अनिवार्य छ भन्ने ज्ञान भएकी सोनमलाई वाइट पर्ल्स नैकलेस र एअरिङले पनि सुहाएको छ । (एजेन्सी)

Comments