जोरपाटीका महिलाले खोजे नारी स्वतन्त्रता
screennepal
प्रकाशित: २०७३, २६ फाल्गुन बिहीबार
no img

mahile jorpati 2

काठमाडौं, २६ फागुन । ‘महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’, ‘बदलिँदो परिवेशमा कामकाजी महिला, सन् २०३० सम्ममा बराबरी पाइला’ भन्ने मुल नाराका साथ गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित बिहानी एकल महिला समुह शाखाले विश्व नारी दिवस मनाएको छ ।
नारी स्वतन्त्रतालाई सर्वमान्य हुनुपर्छ, नारी हिंसा अन्त्य गरिनुपर्छ भनेर न.पा. कार्यालयबाट बुधबार विहान र्याली सुरु गरी जोरपाटी चोक हुदै बौद्ध स्तुपालाई परिक्रमा गरेर पुनः जोरपाटी चोकमा कोणसभाको साथमा कार्यक्रम सम्पन्न भएको थियो ।
समूहका अध्यक्ष झुमा लामाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष पुष्पा लिम्बु, अतिथि देविका लिम्बु र अध्यक्ष लामाले हामी सबैले घरघरमा नारी स्वतन्त्रता गराएर सक्षम, सबल समाजको निर्माण गरिनुपर्ने, अनि मात्र महिलामैत्री देशको विकास हुने बताए ।
समूहका सचिव टिकामाया जिरेलका अनुसार २०५२ सालमा स्थापित यस समूहको शाखा जोरपाटी क्षेत्रमा २०६७ बाट संचालनमा आएको बताइन् । यस शाखाले सीपमुलक कार्यहरु धुप, अचार बनाउने प्रविधि करिब दुई सय जना जति एकल महिलाहरुलाई सिकाई सकेको छ भने केही दिनमै न.पा.को आर्थिक सहयोगमा ढाका बुन्ने सीप पनि प्रदान गरिने सचिव जिरेलले बताइन् ।

Comments