निर्जलाको मोडियो मुड !
screennepal
प्रकाशित: २०७३, २६ फाल्गुन बिहीबार
no img

nirjala adhikari3

काठमाडौं, २६ फागुन । कला क्षेत्रमा लागेर नाम र पहिचान बनाउने सपना कसको नहोला ? यस्तै चाहना बोकेर हेटौडा सानो पोखराकी निर्जला अधिकारी फिल्ममा देखापरेकी छन् । अभिमन्यु, आवाज मजदुरको, टेलिचलचित्र अपराध, लौ मार्यो, अग्रजका चित्कारहरुलगायतमा अभिनय गरिसकेकी उनले पछिल्लो समय अभिनयभन्दा लेखन र निर्देशनप्रति सक्रिय भएकी छन् ।
महिला निर्देशकमा खासै प्रतिस्पर्धा नभएको अवस्थामा अलि फरक सोच लिएर चलचित्र निर्माण गर्ने तयारीमा जुटेकी उनले बताइन् । छोटा चलचित्रहरु निर्देशन गरिसकेकी निर्जलाले निकट भविष्यमै ठूलो पर्दाको चलचित्र निर्माण, निर्देशन गर्ने घोषणा गर्ने भएकी छन् ।
करिब एक दशकको कलायात्रामा आफुलाई प्राय सबै जसोले आश्वासन मात्र दिने, काम नदिने अनुभव बटुलेकी निर्जलाले निर्देशन गरेको छोटा चलचित्र मौकाको फाईदा र बाध्यता यतिबेला युट्युबमार्फत चर्चा बटुली रहेको छ ।

Comments