खै कस्ता भुवनको जीन्दगीमा मोडहरु ?
screennepal
प्रकाशित: २०७३, २५ फाल्गुन बुधबार
no img

22

काठमाडौं, २५ फागुन ।  ‘आउँदो रैछ जिन्दगीमा यस्तो मोडहरु…’ । खै कस्तो मोडहरु हुन् ? त्यो त गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईलाई थाहा होला । हुन त हरेक मान्छेको जीवनमा विभिन्न मोडहरु आउँछन् ।

1
फरक भनेको यस्ता र उस्ता नै हुन । लाग्छ, गायक भुवनको जीवनको आएको मोडहरु प्रेम कै हुन् । माया प्रेममा आउँने अनेक मोडलाई नै यस्ता मोडहरु भन्दै गाएको ‘आउँदो रैछ जिन्दगीमा यस्तो मोडहरु…’ बोल गीतलाई भुवनले भिडियो बनाएका छन् । उक्त भिडियो सार्वजनिक भएपछि पक्कै देखिन पाइने छ ती मोडहरु ।
भुवनको ‘आउँदो रैछ जिन्दगीमा यस्तो मोडहरु…’ गीतलाई राजधानीमै छायांकन गरिएको हो । कृष्ण आचार्यले निर्देशन गरेको उक्त भिडियोलाई युवराज राईले खिचेका छन् । जीन्दगीको मोडहरुमा अल्मलिने ध्येय भने मोडल तथा अभिनेता दीक्पाल कार्की, बर्षा सिवाकोटी र सुजन याम्फुले गरेका छन् । कलाकार चयनअनुसार यो गीत तथा भिडियोमा वियोगात्मक प्रेमको विम्व हुनेछ । यस गीतलाई विश्वकाजी राईले लेखेका हुन् । यो गीत भुवनको पछिल्लो अर्थात पाँचौ एल्बम ‘सम्मान मेरो’ मा समावेश छ ।

Comments