‘सेल्फी’ मा बैंक सिईओ अनिल शाह
screennepal
प्रकाशित: २०७३, २१ फाल्गुन शनिबार
no img

anil shah

काठमाडौं, २१ फागुन । राष्ट्रिय फोटो पत्रकार समूह ‘एनएफपीजे’द्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रम ‘सेल्फी’ मा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ अनिल शाह प्रस्तु भए । जहाँ उनले फोटोग्राफीप्रति आफ्नो रुचि र अनुभवहरु प्रस्तुत गरेका थिए ।

anil shah 1

‘सेल्फी’ एकल प्रस्तुती हो, जसमा प्रस्तोताले फोटोग्राफीप्रति आफ्नो रुचि र अनुभव सुनाउने गर्छन् । कार्यक्रममा प्रस्तोताले आफूले खिचेका चर्चित फोटोहरु प्रदर्शन पनि गर्दछन् । फोटोग्राफी पेशा अगाल्ने तथा फोटोग्राफीमा रुचि भएका जो–कोही र खासगरि युवाजमातलाई हौसला र प्रेरणा मिलोस भन्ने उद्देश्यले समूहले कार्यक्रम आयोजना गर्ने गरेकोे जनाएको छ ।
कार्यक्रममा सीईओ शाहले फोटो खिच्दा आफुले संगालेका अनौठा अनुभवहरु सुनाएका थिए । उनले आफू ब्यांकर भएपनि फोटोग्राफीमा रुचि भएको सुनाए । उनले भने, ‘फोटोग्राफीले मलाई वास्तविक सन्तुष्टि दिन्छ ।’
कार्यक्रम राष्ट्रिय फोटो पत्रकार समूह र नेपाल पर्यटन बोर्डको ह्यासट्याग फोटो नेपालले संयुक्त रुपमा आयोजना गरेको हो । यस्ता कार्यक्रमले फोटोग्राफी पेशाप्रति नवआगन्तुक र विशेषतः युवालाई आकर्षित गर्ने एनएफपीजेका अध्यक्ष ध्रुब आलेले बताए ।

Comments