जन्मदिनमा आफू पढेको विद्यालयलाई सहयोग
screennepal
प्रकाशित: २०७३, २० फाल्गुन शुक्रबार
no img

singjali 11

काठमाडौं, २० फागुन । गायक सिजम सिंजालीले आफ्नो जन्मदिनको अवसरमा आफरुले अध्ययन गरेको विद्यालयलाई कापी, कलम, भलिवललगायत विभिन्न स्टेशनरी सामग्री सहयोग गरेका छन् । रामेछापको दिमीपोखरी–४ मा जन्मिएका सिजमले खादादेवी–२ को श्री ज्योती माध्यमिक बिद्यालयलाई सहयोग गरेको बताए ।

sinjali
गायक सिजमको १८ फागुनमा आफूले पढेको विद्यालयलाई सहयोग गरेर जन्मदिन मनाएका हुन् । उनले उक्त विद्यालयमा कक्षा ४ सम्म अध्ययन गरेको सुनाए । सिजमले विद्यालयका प्रमुख प्रेम श्रेष्ठलाई सहयोग हस्तरण गरेका थिए । भुकम्पले ग्रसित भएको विद्यालयलाई सिजमले सहयोग गरेकामा खुशी  लागेको श्रेष्ठले बताए । सिजमका ‘म जल्छु  तिमी बिना’ लगायतका चर्चित गीत छन् भने अब चाँडै गीति एल्बम ‘जीवन्त–३’ ल्याउने बताए ।

https://www.youtube.com/watch?v=0H9HUMkpa3Q

Comments