ढाकाविद् कल्पना सम्मानीत
screennepal
प्रकाशित: २०७३, १९ फाल्गुन बिहीबार
no img

kalpana

काठमाडौं, १९ फागुन । द हाइल्याण्ड आर्टकी प्रोपाइटर तथा ढाकाविद् कल्पना योङहाङ सम्मानीत भएकी छन् । सफल महिला उद्यमी तथा फेसन डिजाइनरसमेत रहेकी कल्पनालाई मोतीदेवी स्मृति केन्द्रले सम्मान गरेको हो ।

kalpana 1
केन्द्रले १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसर पारेर बुधबार राजधानीमा आयोजना कार्यक्रममा कल्पनालगायत विभिन्न क्षेत्रका सफल महिलाहरुलाई सम्मान गरेको हो ।
कल्पनाले लामो समयदेखि द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिक सञ्चालन गर्दै आएकी छन् । कल्पनाले ढाका कपडाको लामो समय अनुसन्धान गरेकी छन् ।

kalpana 2
द हाइल्याण्डमार्फत ढाका कपडा तथा पहिरन प्रवद्र्धनमा क्रियाशील रहँदै आएकी कल्पनालाई एक सफल महिला उद्यमीका रुपमा केन्द्रले सम्मान गरेको हो । ढाका कपडाको प्रवद्र्धन, व्यवसायिकसँगै उनको कार्य सफलताको मूल्यांकन गर्दै कल्पनालाई सम्मान गरेको आयोजकले जनाएको छ । कार्यक्रममा ‘प्रेरणादायी महिलाहरु’ नामक पुस्तक पनि लोकार्पण गरिएको थियो ।

Comments