पुर्वबाट उदाए गायन हेमराज
screennepal
प्रकाशित: २०७३, १७ फाल्गुन मंगलवार
no img

काठमाडौं, १७ फागुन । पुर्वबाट गायन क्षेत्रमा अर्को प्रतिभाको उदय भएको छ । दिनदिनै नयाँ–नयाँ प्रतिभा प्रवेश गरिरहने नेपाली गायन क्षेत्रमा हेमराज बेघा लिम्बू उज्वल भविष्यमा साथ देखा परेका हुन् । उनीमा प्रवल सम्भावना पनि देखिन्छ ।

hemra begha
पाँचथर च्याङ्थापुका हेमराज यतिखेर एल्बमको लागि तयार गर्न राजधानीमा छन् । उनले एल्बमका लागि तीन वटा गीत रेकर्डिङ भइसकेको पनि बताए । हेमराजले भने, ‘तीन वटा गीत तयार भइसक्यो । अब केही गीत रेकर्ड गराएर एल्बम सार्वजनिक गर्नेछु ।’ हेमराजले पुर्वेली लोकआधुनिक गीतहरुको एल्बम ल्याउने बताए ।
‘तिम्बु पोखरी आइडल–२०७१’ का विजेता समेत रहेका हेमराजले भने, ‘गायन मेरो सानैदेखिको सौख र इच्छा हो । बल्ल आएर त्यो रहर पूरा गर्दैछु ।’ ‘तिम्बु पोखरी आइडल’ पुर्वको स्थानीय तहमा हुने रियालिटी गायन शो हो । हुन त हेमराजले आफ्नो एल्बम नल्याइकनै पुर्वका अधिकांश स्थानहरुमा स्टेज तताइसकेका छन् । हेमराजले भने, ‘अहिलेसम्म दर्जनभन्दा बढी स्थानमा स्टेज शो गरिसकेको छु ।’
आफ्नै दाजु गीतकार तथा गायक बच्चन लिम्बू बेघाको प्रेरणाले गायन अँगालेका हेमराज भन्छन्, ‘यस एल्बमका लागि पनि दाजुले सहयोग साथ दिनुभएको छ ।’ बच्चन भने अहिले रोजगारीको सिलसिलामा बहराइनमा छन् ।
उनका अनुसार एल्बमका लागि हालसम्म तिमी टाडा, पूर्णिमा जूनै राम्रो लगायतका तीन गीत रेकर्ड भइसकेका छन् । जुन गीतमा शब्दरचना बच्चनकै रहेको छ भने संगीत अशोक लाहरुङ राई र उत्तमजंग लिम्बूको रहेको छ । ‘तिमी टाडा’ बोलको गीतलाई चाँडै भिडियोमा ल्याउने पनि हेमराजले सुनाए । जुन भिडियोलाई गायक अनुप लिम्बूले निर्देशन गदैछन् । गायक अनुप पछिल्लो समय गायनमा मात्र नभएर नाटक निर्देशनसँगै म्युजिक भिडियो निर्देशन र शर्ट फिल्म निर्देशनमा पनि सक्रिय हुँदै आएका छन् ।
हेमराजले आफ्नो लक्ष्य एक कुसल गायन बन्ने रहेको सुनाए । उनले भने, ‘सानैदेखिको रहर र इच्छा हो । अहिले आएर यस क्षेत्रमा हात हालि हालियो । अब यसै क्षेत्रमा रहेर संघर्ष गर्ने सोच छ ।’

Comments