कम्ब्याक हुँदै रानी मुखर्जी
screennepal
प्रकाशित: २०७३, १५ फाल्गुन आईतवार
no img

काठमाडौं, १५ फागुन । करिब तीन वर्षपछि बलिउड अभिनेत्री रानी मुखर्जी ठूलो पर्दामा कम्ब्याक गर्ने तयारीमा छिन् । रानी पछिल्लो समय सन् २०१४ मा प्रदीप सरकारको फिल्म ‘मर्दानी’ मा देखिएकी थिइन् ।

rani-mukherjee
डिसेम्बर २०१५ मा छोरी जन्माएपछि रानी फिल्म क्षेत्रबाट अलग भएकी थिइन् । उनको छोरी अहिले एक वर्षको भइसकेकी छन् । त्यसैले फेरि उनी फिल्ममा कम्ब्याक गर्न सोचमा पुगेकी हुन् । समाचारमा जनाइएअनुसार रानी सिद्धार्थ मल्होत्राको आउँदो फिल्म ‘हिचकी’ मा देखिने भएकी छन् । फिल्ममा रानीको मुख्य भूमिका रहने बताइएको छ ।
यस फिल्मका लागि सुरुमा इमरान हाश्मी र अभिषेक बच्चनलाई हिरोमा प्रस्ताव गरिएको थियो । यस फिल्मको कथा हिरोका लागि लेखिएको थियो । तर, जब तयार हुँदै गयो तब आदित्य चोपडाले भने, ‘यो फिल्मको कथा हिरोइनमा आधारित हुनुपर्छ ।’ उनले रानीलाई लिड रोल गराउनका लागि पनि फिल्मलाई हिरोइन प्रधान बनाएको बताइन्छ । फिल्ममा रानीको यस्तो भूमिका हुन्छ कि जसको कुरा गर्न समेत चाहँदैनन् । (एजेन्सी)

Comments