अब आमा बन्दै मनिषा !
screennepal
प्रकाशित: २०७३, १० फाल्गुन मंगलवार
no img

काठमाडौ, १० फागुन । संजय दत्तको बायोपिक फिल्ममा संजय दत्तकी आमा नरगीसको भूमिकामार्फत बलिउडमा फिर्ता हुने तयारीमा रहेकी बलिउड अभिनेत्री मनिषा कोइराला नयाँ जीवन सुरु गर्ने तयारीमा छिन् । ९० को दशककी यी चर्चित अभिनेत्रीले चाँडै एक छोरीलाई धर्मपुत्रीको रुपमा स्विकार्ने बताएकी छिन् ।

IMG_5030
भारतीय एक पत्रिकाका अनुसार मनिषाले छोरीलाई आफ्नो सन्तान बनाउनेछिन् । यसमा मनिषाले आउँदो डिसेम्बरसम्म आफ्नो जीवनपूर्ण रुपमा सेटल हुने बताएकी छिन् । उनी भन्छिन्, ‘म निकै लामो समयदेखि तनावमा थिएँ तर अब सबै कुरा ठिक हुने समय आएको छ । ’
धर्मपुत्री भित्र्याउने विषयमा निकै खुसी हुँदै मनिषा भन्छिन्, ‘म एक छोरीलाई धर्मपुत्री बनाउने सोच गरिरहेकी छु । म चाहन्छु कि अब मेरो जीवन मेरो धर्मपुत्रीको वरिपरि नै घुमिरहोस् । यसका लागि अब म धेरै प्रतिक्षा गर्न सक्दिनँ । म जीवनको सबैभन्दा राम्रो अनुहारको लागि अत्यधिक उत्साहित छु ।’
मनिषाले आफ्नी छोरीलाई आफ्ना अनुभवसँगै राम्रो संस्कार दिन चाहेको बताइन् ।

Comments