राजधानीको मुटुमै खुल्यो सुविधा सम्पन्न रिर्सोट
screennepal
प्रकाशित: २०७३, ७ फाल्गुन शनिबार
no img

376A0722

काठमाडौं, ७ फागुन । राजधानीको मुटुमै सुविधा सम्पन्न रिर्सोट सञ्चालनमा आएको छ । राजधानीको लाजिम्पाटमा सम्पदा गार्डेन रिर्सोट शनिबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । उक्त रिर्सोटको बरिष्ठ संगीतकार तथा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति शम्भुजित बास्कोटा, नेपाल चम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतले केक तथा रिवन काटेर उद्घाटन गरे ।

376A0721
लामो समयदेखि पर्यटन व्यवसायिकमा संलग्न कुमार अधिकारीले सञ्चालनमा ल्याएको सम्पदा गार्डेन रिर्सोटमा २० वटा रुम, गार्डेन रेष्टुरेण्ट, बार, कन्पे्रmन्स हल लगायत पार्किङको राम्रो व्यवस्था रहेको छ । २० कोठामा ४२ वटा बेड रहेका छन् । उनका अनुसार रिर्सोटले तारे होटलमा दिने सेवा प्रदान गरिनेछ । अधिकारीले भने, ‘यो रिर्सोट आन्तरिक तथा विदेशी पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याएका हौं ।’

376A0723
रिर्सोटका म्यानेजर नरेन्द्र मल्लले यस्तो र सुलभमा गुणास्तरिय सेवा प्रदान गर्ने बताए । उनले भने, ‘राजधानीजस्तो ठाउँमा हामीले गुणस्तरिय सेवा प्रदान गर्न यो रिर्सोट सञ्चालनमा ल्याएका हौं ।’ उनले हरेक रुममा घाम छिर्ने पनि बताए ।

Comments