यी को हुन् टेलर स्विफ्टकी डुब्लिकेट !
screennepal
प्रकाशित: २०७३, ६ फाल्गुन शुक्रबार
no img

collag_thumb_555_021317052104

काठमाडौं, ६ फागुन । हलिउडकी चर्चित गायिका टेलर स्विफ्टले आफ्नो डुब्लिकेट भेटेकी छन् । जुन तस्बिर अहिले इन्टरनेट दुनियाँमा चर्चा बनेको छ । ठ्याक्कै टेलर जस्तै लाग्ने ती युवतीको नाम हो, एप्रिल ग्लोरिया । उनी हुबहू टेलरजस्तै छिन् । जब आफूजस्तै टेलर उनलाई पाइन्, तब सोशल मीडियामा यसको चर्चा चुलिएको हो ।

3-555_021317052104
समाचारमा जनाइएअनुसार एप्रिल एक मेकअप आर्टिस्ट हुन् । साथै, उनी ‘कोसप्ले’ नामक शोको एक सेलिब्रेटी पनि । एप्रिलले इन्स्टाग्राममा थुप्रै तस्बिर राखेकी छन् । ती तस्बिरमा उनी ठ्याक्कै टेलर स्विफ्टजस्तै देखिन्छिन् । उनले टेलर स्विफ्टले जस्तै रातो लिपस्टिक लगाउँछिन् । उनको हेयर स्टायल समेत टेलरकै जस्तो छ । जसले उनलाई पहिलोपटक भेट्छन्, उनीहरु टेलर भनेरै झुक्किनेछन् । (एजेन्सी)

7-555_021317052104

Comments