यु–ट्युबमा निशाको ‘फ्रि–स्टायल’ नृत्य ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ६ फाल्गुन शुक्रबार
no img

nisha limbu

काठमाडौं, ६ फागुन । मोडल तथा अभिनेत्री निशा लिम्बू पोमुले आफ्नो लाईभ डान्स पर्फमेन्सको एउटा भिडियो सार्वजनिक गरेकी छन् । केही साताअघि राजधानीमा आयोजित ‘सिन्ड्रेला नेपाल’ नामक सौन्दर्य प्रतियोगिताको दौरानमा गरेको स्टेज पर्फमेन्स भिडियोलाई उनले आफ्नै यु–ट्युब च्यानल ‘निशा पोमु’मार्फत सार्वजनिक गरेकी हुन् । निशाको फ्रि–स्टायलको यस नृत्यलाई कार्यक्रममा पनि दर्शकले अत्याधिक रुचाइएका थिए । त्यसैले यस भिडियोलाई यु–ट्युबका दर्शकका लागि सार्वजनिक गरेको निशाको भनाइ छ ।
चलचित्र ‘दुस्साहस’मार्फत नेपाली रजतपटमा डेब्ुय गर्न लागेकी निशा यस फ्रि–स्टायल नृत्यमा निकै खुलेकी छन् । ढाका कन्ट्रास्ट आधुनिक लेहेँगा–चोलीमा उनी सेक्सी पनि देखिएकी छन् । ‘विश्व सुन्दरीझै भाको छु’, ‘मलाई जिस्काएर हैरान बनायो त्यो काले केटाले’ जस्ता मार्डल मिक्स गीतमा नृत्य गरेपछि निशाको चर्चा चुलिएको छ ।
कार्यक्रम स्थलमै उनको नृत्य र पहिरनले चर्चा पाएको थियो भने यु–ट्युबका दर्शकले पनि रुचाउने उनको विशवास छ । निशाले लगाएको उक्त चर्चित पहिरन कमल मानन्धरले डिजाइन गरेका हुन् भने द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिककी कल्पना योङहाङले आफ्नो तर्फबाट ढाका कपढा उपलब्ध गराएकी थिइन् ।
तीन वटा गीतलाई मिक्सिङ गरिएको उक्त गीतको नृत्यमा उनी हरेक स्टेपमा आफूलाई सम्हाल्ने प्रयत्न गरेकी छन् । आफ्नो लाईभ डान्स पर्फमेन्स रिलिज गरेपछि निशाले भनिन्, ‘यो एउटा नृत्यका लागि मैले निकै मिहिनेत गरेकी छु भने केही साथीहरुले पनि सहयोग गरेका छन् । त्यसैले पनि मैले यु–ट्युबमा ल्याएकी हुँ ।

Comments