टिजरमा आयो ‘तारेभीर’ (टिजरसहित)
screennepal
प्रकाशित: २०७३, ४ फाल्गुन बुधबार
no img

rekha fago

काठमाडौं, ४ फागुन । चलचित्र ‘तारेभीर’को टिजर रिलिज गरिएको छ । रिलिजको दिन नजिकिँदै जाँदा चलचित्रको टिजर सार्वजनिक गरिएको हो । यो चलचित्र १९ जेठमा रिलिज हुँदैछ । टिजरमा एक्शनलाई प्राथमिकता दिइएको छ ।
नारीप्रधान एक्शन चलचित्र ‘तारेभीर’को केहि समयअघि मात्र पहिलो गीत सार्वजनिक गरिएको थियो । लोकशैलीकोे ‘निलो निलो खुल्ला आकाश’ बोलको उक्त गीतलाई दर्शकले निकै रुचाएका छन् ।
चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले प्रचारप्रसारलाई पनि तिव्रता दिएको छ । नेक्स्ट जेनेरेशन इन्टरटेनमेन्टको व्यानरमा प्रस्तुत यस चलचित्रलाई देउकृष्ण देवनले निर्माण गरेका हुन् । सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट भएको यस चलचित्रलाई बरिष्ठ कलाकार प्रेम सुब्बाले निर्देशन गरेका हुन् । चलचित्र जाँचपास पछि ‘तारेभीर’को पहिलो विशेष शो २ फागुनमा धरानस्थित गणेश टाकिजमा गरिएको छ । चलचित्र हरेपछि दर्शकबाट राम्रो प्रतिक्रिया दिएको निर्माता देउकृष्णले बताए ।
यस चलचित्रमा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, प्रेम सुब्बा, दिपेश श्रेष्ठ, अजय माझी, मञ्जु श्रेष्ठ, रञ्जित राना र निर्मल थापाको मुख्य अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=9XFZtNW4b8A

Comments