रक हाउसमा ‘मेरो भ्यालेनटाइन’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ३ फाल्गुन मंगलवार
no img

काठमाडौं, ३ फागुन । क्याफे, रेष्टुरेण्ट पार्क मात्र होइन, अहिले यु–ट्युब च्यानल पनि भ्यालेनटानइनमय बनेको छ । पछिल्लो पुस्ताले यसलाई पर्वकै रुपमा मनाउन थालेका छन् । जसले गर्दा गीतसंगीत पनि भ्यालेनटाइनबारे बन्न थालेको छ । यस्तै, कोचे नेपालले लघु चलचित्र ‘मेरो भ्यालेनटाइन’ नाम शर्ट फिल्म सार्वजनिक गरेको छ ।
तारेकेश्वर कला प्रतिष्ठानको प्रस्तुती रहेको ‘मेरो भ्यालेन्टाइन’ मा सविता गजमेरको कथा÷पटकथा रहेको छ । सत्यम कार्की, सविता गजमेर, कञ्चन चालिसे, आयुस ऐरको अभियन रहेको यस लघु चलचित्रलाई प्रशन्न रिमालले निर्देशन गरेका छन् भने श्याम बरालको छायांकन रहेको छ । यसलाई अर्जनु रञ्जितले निर्माण गरेका हुन् । यो फिल्म रातोपुलस्थित रक हाउस क्याफेमा छायांकन गरिएको हो ।

Comments