‘माई मेला…’मा निशा र रोशनको प्रेम रोमान्स (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ३ फाल्गुन मंगलवार
no img

काठमाडौं, ३ फागुन । यहाँहरुलाई गायक समीर सिंगकको एउटा गीतको भिडियो प्रस्तुत गरेका छौं । ‘माई मेला’ बोलको यस गीतको भिडियो हेरपछि गाउँघरको आफ्नो ‘भ्यालेनटाइन’ लाई पक्कै स्मरण गर्नुहुनेछ । केही समय अघि नै यु–ट्युब रिलिज भएको गीत सहरमा भ्यालेटाइन माहोल तातिरहेको बेला यहाँ प्रस्तुत गरिएको हो ।
गायक तथा संगीतकार खगेन्द्र यक्सो लिम्बूको शब्द तथा संगीत रहेको ‘माई मेला’ मा मोडल तथा अभिनेत्री निशा लिम्बू पोमु र रोशनले आफ्नो प्रेमभाव दर्साएका छन् । यस भिडियोलाई पछिल्लो समयका व्यस्त म्युजिक भिडियो निर्देशक लोकेन साँवाले निर्देशन गरेका हुन् । गीतको भावना अनुरुप यस गीतको भिडियोमा मेलाकै कुने माहोल देख्न सकिन्छ, जसले गाउँघर र मेलापातमा गाँसेको मायाको झल्को दिन्छ । यस भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले खिचेका हुन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Comments