Happy Valentine’s Day : तस्बिरमा मरिष्का–प्रज्वल (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७३, ३ फाल्गुन मंगलवार
no img

मोडल : मरिष्का–प्रज्वल
फोटो : शिवलाल श्रेष्ठ
तस्बिर द स्टुडियो, बागबजार प्लाजा

Mariska+prajwal (5)

काठमाडौं, ३ फागुन । आज १४ फ्रेबुअरी अर्थात् भ्यालेनटाइन–डे । यो माहोलमा पक्कै युवामन प्रेमिल तरंगमा रमाइरहेको हुनसक्छ । ‘भ्यालेटाइन–डे’ लाई प्रेम दिवशका रुपमा मनाउने चलन विश्वमै लोकप्रिय भइहेको अवस्थामा नेपालमा पनि यो संस्कार बढ्दै गएको छ । प्रेम स्वतन्त्रताको प्रतिकका रुपमा लिन थालिएको भ्यालेनटाइन पछिल्लो समय युवापुस्तामा मात्र नभएर सबै उमेर समुहले ‘प्रणय दिवश’का रुपमा अंगिकार गर्न थालेका छन् । ‘भ्यालेनटाइन–डे’कै दिन अविवाहित जोडीले गुलाबको फूल साटा–साट गरेर एक अर्काबीच प्रेमभाव दसाउँछन् भने विवाहित जोडीले पनि यस दिनलाई प्रेमिल बनाउन अग्रसर हुन्छन् ।

Mariska+prajwal (4)
‘प्रेमी वा प्रेमिका नहुनेहरुले यस दिन प्रेम प्रस्ताव राखे आत्मीयता बढ्ने’ विश्वासका साथ डेटिङमा निस्किने गर्छन् । पार्क, रेष्टुरेण्ट, होटलहरुमा विभिन्न कार्यक्रम गरी आजको दिनलाई प्रेममय बनाउन इभेन्ट आयोजकहरु पनि जुटेका छन् । यस्तै माहोलबीच हाम्रा पाठक वर्गलाई प्रेमानुभूति दिलाउन यहाँ मोडल मरिष्का र प्रज्वलको ‘भ्यालेनटाइन मुड’का तस्बिरहरु प्रकाशित गरेका छौ । म्युजिक भिडियो मोडलिङमा व्यस्त मरिष्का र प्रज्वलको यी तस्बिर अघिल्लो वर्ष शुट गरिएको हो । तर, आज यी तस्बिर पुन प्रकाशित गर्दै यहाँहरुलाई ‘भ्यालेनटाइन–डे’ को मुरी–मुरी शुभकामना दिन चाहन्छौं ।

Mariska+prajwal (3) Mariska+prajwal (2) Mariska+prajwal (1) Mariska+prajwal

Comments