अभिनेत्रीले यसरी दिइन् निर्देशकलाई अडिसन… !
screennepal
प्रकाशित: २०७३, २९ माघ शनिबार
no img

bond-movies_1486813210

लस एञ्जलस, २९ माघ (एजेन्सी) । यहाँ माथि देखिएको फोटो सन् १९६७ को हो । जुन फोटो जेम्स बोन्ड फिल्मका लागि अडिसन लिइँदा क्लिक गरिएको हो । फोटोमा उक्त फिल्मका निर्देशक पीटर आर हन्ट, अभिनेता जोन रिचर्डसन र एक अभिनेत्रीबीच लभ सीनको अडिसन लिइरहेका छन् । यो फोटो हलिउडको चर्चित म्यागजिन ‘लाइफ’ को फोटोग्राफर लूमिस डीनले क्लिक गरेका हुन् । लाइफले डीनको जेम्स बोन्ड सीरीजको फिल्म ‘ओन हर मिस्ट्रिज सीक्रेट सर्भिस’ को कास्टिङ सेन्स दिएका थिए । उनले म्याजिनले बोन्डमाथि एक आर्टिकलका साथ उक्त फोटो प्रकाशित गरेका थिए । ‘ओन हर मिस्ट्रिज सीक्रेट सर्भिस’ जेम्स बोन्ड सीरीजको छैटौ जासुसी फिल्म थियो । यसमा जार्ज लैजेन्बी (जेस्म बोन्डको भूमिकामा) डायना रिग, टेली सैवलास र बर्नार्ड लीले मु्ख्य भूमिका निर्वाह गरेका थिए । १८ डिसेम्बर १०६९ मा रिलीज भएको यो फिल्मको कहानी पोर्चुगलबाट सुरु हुन्छ । जहाँ जेम्स बोन्डले सुसाइड गर्न लागेकी एक महिलालाई बचाउँछन् । उनीहरुको भेट एक क्यासिनोमा भएको हुन्छ ।

Comments