रचिताको भ्यालेन्टाइन प्रस्ताव राजुलाई (भिडियो )
screennepal
प्रकाशित: २०७३, २७ माघ बिहीबार
no img

raju
काठमाडौँ |फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस नजिकिदै गर्दा मोडेल रचिता क्षेत्रीले अर्का मोडेल राजु ग्याबकलाइ आफ्नो भ्यालेन्टाइन भन्ने प्रस्ताव राखेका छन् | मोडेल रचिताले गायिका सुनिता दाहालको स्वर संगै राजुलाई प्रस्ताव गरे पछि एक अर्काको मायामा झ्याङ्गीदै यी दुइ प्रेममा परेको एक म्युजिक भिडियो भर्खरै नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ |
गायक तथा संगीतकार जोहेब मानन्धरको शब्द संगीतमा रहेको यस गीत “विल यू बि माइ भ्यालेन्टाइन” बोलको गीतको गीतमा सुनिता दाहाल संगै जोहेब मानन्धरको समेत स्वर रहेको छ |
यस गीतमा रचिता र राजुको जोडी बाँध्ने काम भने निर्देशक पासाङ योन्जन लामाले गरेका छन् | ज्ञानेन्द्र शर्माको छायांकनमा बनेको यस म्युजिक भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्|

Comments