गुम्बा पुनर्निर्माणको लागि नुवाकोट मदानपुरमा सांस्कृतिक कार्यक्रम हुने
screennepal
प्रकाशित: २०७३, १२ माघ बुधबार
no img

नुवाकोट, १३माघ । नुवाकोट जिल्लाको मदानपुर ७ स्थित ऐतिहासिक घोल्मा घ्याङ गुम्बाको पुनः निर्माणको निमित्त आगामी माघ २९ गते गुम्बा प्राङ्गणमामा भब्य सांस्कृतिक कार्यक्रम हुने भएको छ |
गुम्बा संचालक समिति द्वारा आयोजित उक्त कार्यक्रममा नेपालका चर्चित तामाङ तथा गैर तामाङ कलाकारहरुको बेजोड प्रस्तुति हुने आयोजक समितिले जनाएको छ |
तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवशरमा हुने उक्त कार्यक्रमा राजधानी देखि चर्चित कलाकार हरु हर्के हल्दार- बिष्णु सापकोटा,खम्बेको रुपमा परिचित कलाकार इन्द्र दोङ लामा तथा गायक गायिकाहरु अविनाश घिसिङ,बिजय लामा, इन्दिरा गोले गुरुङ,सन्जोग योन्जन, आकाश तामाङका साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने भएको छ |
_MG_3235
मदानपुरमा हुने पहिलो ऐतिहासिक कार्यक्रम भएकोले पनि यो कार्यक्रम जिल्लाकै बिशेष कार्यक्रम हुने आयोजकहरुले बताएका छन् |
कार्यक्रम नेपाल सरकारका सम्माननीय पर-राष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.प्रकाश शरण महतको प्रमुख आतिथ्यमा हुने भएको छ|
कार्यक्रम सब्य र भब्य तरिकाले सम्पन्न गरि मनोरन्जनका साथै ऐतिहासिक घोल्मा घ्याङ् गुम्बाको संरक्षण र सम्बर्द्धनमा टेवा पु-याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम आयोजकले जनाएको छ |
कलाकारहरुको कार्यक्रम बारे भिडियो :

https://www.youtube.com/watch?v=McgTkwmCnp

Comments