फेरि जितिन् तेरियाले, नेपालीमा छायो खुशी
screennepal
प्रकाशित: २०७३, ७ माघ शुक्रबार
no img

काठमाडौ, ७ माघ । तेरिया फौजा मगरले भारतीय सिनियर डान्स स्टारबीचको उपाधि जितेकी छन् । रुपन्देही रुद्रपुरकी १४ वर्षे तेरियाले भारतीय टिभी कलर्सको ‘झलक दिखला जा’ को रियालीटी शो को उपाधि जितेकी हुन् । यससंगै नेपालीमा खुशी छाएको छ ।

IMG_4785
तेरियाको औपचारिक जीतको घोषणा भने शनिबार राति १० बजेपछि कलर्स टिभिमार्फत गरिनेछ । तर, शुक्रबार अपरान्ह नै एसएमएस भोटको नतिजा निस्केको र आयोजकले उपाधि जीतेको औपचारिक जानाकारी आफुलाई गराएको मुम्मईमा रहेकी तेरियाले हजुरबुबा कृष्ण फौजामगरलाई फोनमार्फत जानाकारी दिएकी छिन् ।
डान्स प्रतियोगिता विजेताहरुबीच प्रतिश्पर्धा गराउने ‘झलक दिखला जा’ भारतीय टिभी शोमा सर्वाधिक पुरस्कार राशीको हो । जीतसंगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्राण्डको कार उपहार पाउनेछिन् । सन् २०१४ को जी टिभिको ‘डिआइडीमा’ ४० हजार प्रतिश्पर्धीलाई पछाडि पारेकी तेरिया डिआइडी विजेताको तर्फबाट यसमा प्रवेश पाएकी हुन् । गत जुलाईमा प्रतियोगिता सुरु भएको थियो ।
त्यसमा १२ जोडी सिनियर महिला–पुरुष डान्स सेलीब्रटी छनोट भएका थिए । टेरियासहित ५ जना जुनियरलाई भने अक्टुवर ८ मा च्यालेन्जरका रुपमा प्रवेश गराइएको थियो । च्यालेन्जरका रुपमा प्रवेश पाएकामध्ये तेरियामात्रै फाइनलमा पुगेकी थिइन् । फाइनलमा उनले ‘डिआइडी’ सिजन १ का विजेता तथा झलक दिखला जाका पूर्व विजेता सलमान युसुफ खान र वर्ल्ड हिपहपका च्याम्पीयनसीपका विजेता सानतनु महेश्वरीसंग प्रतिश्पर्धा गरेकी थिइन् ।
फाइनलमा रहेका तीन जनामध्ये नृत्यमा तेरिया अगाडि थिइन् । गत शनिबारको एपिसोडमा पनि उनले निर्णायकको तर्फबाट ४० अंकमा ४० पाएकी थिइन् । ‘भोटमा समेत सबैलाई जितिन्’ हजुरबुवा कृष्णले भने, ‘नेपाली चेलीले यति ठूलो टर्फी उचाल्ने भइन् ।’ डिआइडी लिटिल मास्टर विजेता भएपछि तेरियाले नेपाली झण्डासहित देशविदेशमा आफ्नो नृत्य देखाएर देशको नाम राखेकी थिइन ।

Comments