सोनमलाई रहर अहिले नशा बन्यो
screennepal
प्रकाशित: २०७३, ४ माघ मंगलवार
no img

tttt

काठमाडौं, ४ माघ । चकलेटी तथा एक्शन नायकका रुपमा रजतपटमा देखापरेका सोनम थापा भन्छन्, ‘रहरले रंगीन संसारमा प्रवेश गरियो, तर अहिले नशा बन्यो ।’ मोडलिङग हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका सोनमले आधा दर्जन चलचित्रमा काम गरिसकेका छन् भने अहिले उनी अभिनित चलचित्र ब्वायफ्रेण्ड सम्पादनमा छ ।
म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेका उनको चाहना कलाकारीतामात्र नभई भविष्यमा चलचित्र निर्माणमा पनि हो । रामेछापका सोनमले द ट्रयाप, अण्डर नाएन्टी, नालायकलगायतका चलचित्रमा काम गरिसकेका छन् ।

Comments