तेरिया जिताउँ अभियान तिव्र, भोट माग्दै हजुरबुबा राजधानीमा
screennepal
प्रकाशित: २०७३, ३ माघ सोमबार
no img

काठमाडौं, ३ माघ । यतिखेर सबैको ध्यान तेरिया फौजा मगरतिर केन्द्रित भएको छ । तेरिया भारतीय टीभी च्यानल ‘कलर्स’ बाट प्रसारण हुँदै आएको डान्स रियालटी शो ‘झलक दिखला जा’ मा फाइनल यात्रा तय गरेपछि ‘अब उनले के गर्लिन् ?’ भन्नेमा उनका शुभचिन्तक र आफन्तमा कौतुहलता जागेको छ । यसैबेला तेरियालाई जिताउन अपिल गर्दै उनका हजुरबुबा कृष्णबहादुर फौजा मगर राजधानी आइपुगेका छन् । उनले आफ्नी नातिनीलाई जिताउन अपिल गरेका छन् । उनले राजधानीको सोमबार एक कार्यक्रमबीच तेरियालाई भोट दिएर जिताउन सबैलाई आग्रह गरे ।

teriya fauja magar
‘धेरै दुःखले तेरिया झलकको उपाधि नजिक पुगेकी छन’ कृष्णबहादुरले भने, ‘हामीले सानो सहयोग गर्दा उनले उपाधि चुम्न सक्छिन् ।’ तेरियाले उपाधि चुमे देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिनेछ । तेरिया यसअघि ‘डीआईडी’ को बिजेता हुन् । जतिखेर उनलाई जिताउन नेपाली दाजुभाईले ठूलो सहयोग गरेका थिए । त्यस्तै, यसपटक पनि सहयोगको खाँचो रहेको कृष्णबहादुरले बताए ।
तेरियालाई जिताउन मगरकै अध्यक्षतामा तेरिया मगर फाउण्डेसन समेत गठन गरिएको छ । फाउण्डेसन मार्फत मगर देशको बिभिन्न भागमा भोटको अफिल गर्दै काठमाडौ आइपुगेका हुन् ।
तेरियालाई जिताउन धेरै एसएमएस र इमेल भोटको आवश्यकता रहेको छ । उनलाई भारतीय सिमकार्ड प्रयोग कर्ताले एसएमएस भोटमार्फत र अनलाइन भोट गर्न चाहनेले एक अनलाइन सिपिबाट एकपटक भोट गर्न सकिन्छ । भोटिङ १९ जनवरी राती ९ बजेसम्म खुल्ला रहने छ । भोटिङ लाईन १४ जनवरीबाट सुरु भएको हो ।
तेरिया भारतीय सिनियर डान्स स्टारबीच प्रतिस्पर्धा गर्दै फाइनलमा आएकी हुन् । विजेताबीच प्रतिस्पर्धा रहने यो प्रतियोगिता भारतीय टीभी शोको सर्वाधिक पुरस्कार राशिको भएको कार्यक्रम हो । विजेताले ३० लाख भारतीय रुपैयाँसहित रेनाल्ड डस्टर ब्रान्डको कार जित्न सक्नेछन् ।
१४ वर्षे तेरियाले डीआईडी विजेताको तर्फबाट ‘झलक दिखला जा’ सिजन ९ मा प्रवेश पाएकी हुन् । फाइनलमा उनले ‘डीआईडी’ सिजन १ का विजेता तथा ‘झलक दिखला जा’ का पूर्वविजेता सलमान युसुफ खान र वल्र्ड हिपहपका च्याम्पियनसिपका विजेता सानतनु महेश्वरीसँग प्रतिस्पर्धा गगर्दैछन् ।
भोटिङको लागि

Type Ter & send to 56882

Online voting website :

www.colorstv.com/jhalak

Comments