बृत्तचित्र हेरेपछि कविलासबासी उत्साहित
screennepal
प्रकाशित: २०७३, २९ पुष शुक्रबार
no img

नुवाकोट, २९ पुस ।  मिरेष्ट नेपालद्वारा निर्मित कालिकोटका बालमैत्री उन्मुख दाहा गाविसको बृत्तचित्र हेरेपछि नुवाकोटको कविलासबासी उत्साहित भए । बालमैत्री उन्मुख कविलासका राजनैतिक दलका प्रतिनिधिले प्रदेश नम्बर ३ को पहिलो बालमैत्री गाविस घोषणा गर्ने प्रतिबद्धता ब्यक्त गरे । सन्दर्भ गाउँ परिषदको हो ।

nuwakot 2
लोकतन्त्र बहालीपछिको नवौं गाउँ परिषद नेपालको पाँचौं नमुना बस्ती कविलासले बुधबार सम्पन्न गरेको छ । गाविस स्तरीय बालसञ्जालका अध्यक्ष हरी प्रपन्न अर्यालको प्रमुख आतिथ्यमा कालिका माविको प्रांगणमा गरिएको थियो । सहिदको सम्झना गर्दै ९ वटा मैनबैत्ती बालेर उद्घाटन गरिएको सो कार्यक्रममा बालमैत्रीविधि अपनाइएको थियो ।
गतबर्षको बजेट कार्यान्वयन समिक्षात्मक विवरण प्रस्तुत गर्दै अघि बढेको कार्यक्रममा एसएलसीमा जिल्लामै उत्कृष्ट हुने बिद्यार्थी र बिद्यालयलाई सम्मान गरिएको थियो । सम्मान पाउनेमा प्रथम हुने बिद्यार्थी सुमन खनाल र कालिका मावि अनि दोस्रा हुने बिद्यार्थी रेजिना सुनार र सञ्जीवनी माविलाई नगदसहित सम्मान गरेको थियो ।
गाविस सचिव महेन्द्र बहादुर नेपालको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा अतिथिहरु मिरेष्ट नेपालका महासचिव कुमार यात्रु तामाङ, नेपाली काँग्रेस गाउँ इकाईका सभापति माधवप्रसाद खनाल, नेकपा एमाले गाउँ कमिटीका अध्यक्ष कृष्णबहादुर कार्की, नेकपा माओवादी केन्द्रका प्रतिनिधि प्रवास सुवेदी, कालिका माविका प्रधानध्यापक ध्रुवप्रसाद मिश्र, सञ्जीवनी माविका प्रधानध्यापक रामेश्वर मिश्र, संसारी प्राविका प्रधानध्यापक राजकुमार शाही, कविलास स्वास्थ्य चौकीका इन्चार्ज गणेशबहादुर शाही, महिला सञ्जालका अध्यक्ष गंगा कोइराला, कालिकादेवी क्षेत्र विकास समितिका अध्यक्ष रामशरण श्रेष्ठ, सुआहरा कार्यक्रमका लक्ष्मी नेपाली, क्रियसन समाजका देवकी कार्की, दियालो कृषि सहकारी संस्थाका लक्ष्मी गिरी, कृषि सहकारीका अध्यक्ष कमल शाही, सम्बृद्दी कृषि सहकारी संस्थाका अध्यक्ष वासुदेव मिश्र लगायतले बालमैत्री कार्यान्वयन गरेर देशकै पाँचौ नम्बरमा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सामाजिक परिचालिका ईश्वरी कोइरालाले स्वागत र गाविस सहायक रामकुमार गिरीले सञ्चालन गरेको कार्यक्रममा शिक्षामा ५ लाख १० हजार, सडकमा १० लाख ५० हजार, स्वास्थ्य १ लाख ४५ हजार, खानेपानी १ लाख ५० हजार, कृषि २ लाख २५ हजार, बालमैत्री कार्यक्रम ४ लाख ५० हजार, महिला २ लाख १० हजार, लक्षित बर्ग ४ लाख ५० हजार र शान्ति मन्त्रालयबाट प्राप्त कविलास नमुना बस्ती विकास कार्यक्रम ५० लाख गरी जम्मा ८१ लाख ९० हजार विनियोजन गरिएको हो ।

Comments