‘निर्भय’ रिलिज घोषणा, निखिल भर्सेज रेखा र दयाहाङ
screennepal
प्रकाशित: २०७३, २८ पुष बिहीबार
no img

काठमाडौं, २८ पुस । एक्शन किङ निखिल उप्रेती स्टारर फिल्म ‘निर्भय’ को औपचारिक रिलिज तय भएको छ । यसअघि माघ २८ तय गरिएको रिलिजमा फेरबदल गर्दै निर्माण टिमले नयाँ मिति तय गरेको हो । अब फिल्म आगामी चैत्र ११ मा रिलिज लक भएको छ ।

nnn

माघ महिनामा नै निखिलको अर्को फिल्म ‘किङ’ रिलिज हुने भएपछि पर्दामा केहि समयको अन्तर आवश्यकता गर्दै ‘निर्भय’ रिलिज चैत्र ११ लाइ लक गरिएको निर्देशक मधुसुदन भट्टराईले बताए । फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज तय गरियो । सार्वजनिक दुई पोस्टरमा निखिलको ‘एङ्ग्री लुक्स’ समावेश छ भने अर्को पोस्टरले अभिनेत्री नीता ढुङ्गानासँगको प्रेमभाव बोल्छ ।

प्रसिद्धी सिने आर्ट्सको व्यानरमा बनेको फिल्मका निर्माता देवीप्रसाद पाण्डे हुन् । निखिल र नीतासँगै विकास चापागाईं, प्रज्वल गिरी, सुशिल पोखरेल, विशाल पहारी, प्रदिप ढकाल,  प्रकाश न्यौपाने, मेन्दी बाबु, रश्मी भट्ट, कृष्ण शिवाकोटी लगायत ‘निर्भय’मा अभिनयमा छन् ।

हिमाल केसीको द्वन्द्व समावेश फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् । ‘निर्भय’मा नृत्य निर्देशन रामजी लामिछानेको छ भने संगीत अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको छ । वनिश शाह र भुपेन्द्र अधिकारीले  सम्पादन गरेको फिल्मको सार्वजनिक पोस्टर सान थापाले तयार गरेका हुन् । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको कम्पनि आर आर फिल्मस् ले वितरणको जिम्मा लिएको छ । ‘निर्भय’ को कथा यम थापाको हो ।

यसैबीच निखिल स्टारर ‘निर्भय’ले चैत्र ११ लाइ प्रदर्शन मिति तय गर्दा उक्त मितिमा सिंगल स्कृनका वादशाह मानिने निखिल र अभिनेत्री रेखा थापाबीच टक्कर देखिने भएको छ । उक्त मितिमा रेखा भिलेन अबतारमा रहेको फिल्म ‘डायरी’ पनि प्रदर्शनमा आउने घोषणा यसअघि नै भईसकेको छ, भने सोहि मितिलाई दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘लप्पन छप्पन’ पनि रिलिजको लागी तयार छ । त्रीकोणबाट नै स्टार मानिएका कलाकारहरुको भिडन्त पर्दामा हुने निश्चित हुँदै गर्दा कसले बाजी मार्छ हेर्न बाँकी छ ।

Comments