लन्डनमा हुने ‘फेस अफ द वल्र्ड–२०१७’ मा नेपाली पनि
screennepal
प्रकाशित: २०७३, २५ पुष सोमबार
no img

काठमाडौं, २५ पुस । लण्डनमा आयोजना हुने महिला तथा पुरुष मोडलको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘फेस वफ द वल्र्ड–२०१७’ मा नेपालले पनि प्रवेश पाउने भएको छ । आइतबार काठमाडौंमा ‘फेस अफ द वल्र्ड नेपाल’ द्वारा आयोजित पत्रकार सम्मेलनमा जुलाई १५ मा लन्डनमा सम्पन्न हुने ‘फेस अफ द वल्र्ड—२०१७’ का लागि नेपाली प्रतिनिधि छनोट गर्ने घोषणा गरिएको हो ।

fff
फेस अफ द वल्र्ड नेपालका निर्देशक पियुस कर्णका अनुसार जुलाईमा सम्पन्न हुने अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने प्रतियोगिताको छनोटका लागि जनवरी अन्तिम साता काठमाडौंमा ‘फेस वफ द वल्र्ड नेपाल–२०१७’ आयोजना गरिने छ । त्यसका लागि आयोजक संस्थाले झापा, जनकपुर, वीरगञ्ज तथा काठमाडौंमा प्रारम्भिक चरणको अडिसन सम्पन्न गरिसकेको छ । उक्त अडिसनबाट १४ जना पुरुष तथा ७ जना महिला प्रतिस्पर्धीहरु छनोट भैसकेका छन् । निर्णायक प्रतियोगितमा २५ जना महिला तथा २५ जना पुरुषलाई सहभागि गराउने आयोजक संस्थाको लक्ष्य छ ।
‘हामी यतिबेला अनलाईनबाट समेत अडिसन लिइरहेका छौं, संस्थाका नेपाल निर्देशक कर्ण भन्छन्—‘आउँदो शुक्रबारसम्म अडिसन गरेर शनिबारदेखि २५ जना महिला तथा २५ जना पुरुष छनोट गरेपछि उनीहरुलाई ग्रुमिङ कक्षँमा सहभागि गराइने छ ।’
कर्ण आफ्नै व्यक्तिगत पहलमा वर्ष २०१६ मा लन्डनमै सम्पन्न फेस अफ द वल्र्ड—२०१६ मा सहभागिता जनाएर सेकेण्ड रनर्स अप तथा रन–वे मोडलको उपाधि जित्न सफल भएका थिए । उपाधि जितेलगत्तै कर्णले उक्त प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न आयोजक संस्थाको फ्रेन्चाइसका लागि पहल गरेका थिए । उक्त संस्थाले नेपालमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेर नेपालकै प्रतिनिधित्व गर्ने एक जना विजेतालाई सहभागिताको मार्ग प्रसस्त गरेपछि फेस अफ द वल्र्ड नेपाल संस्था स्थापना गरिएको हो ।
फेस अफ द वल्र्ड नेपालमा सहभागिता जनाउने प्रतियोगिहरु अविवाहित हुनु पर्ने, पुरुषको उचाइ कम्तिमा पाँच फिट तीन ईन्च तथा महिलाको पाँच फिट ३ ईन्च हुनु पर्ने नियम बनाइएको छ । चलचित्र ‘गाँठो’ की नायिका नम्रता श्रेष्ठले प्रतियोगिहरुलाई करिव तीन साता लामो प्रशिक्षण दिनेछिन् । निर्णायक प्रतियोगितामा फेस अफ द वल्र्ड यूकेका प्रतिनिधिका साथै अन्तराष्ट्रिय मोडलहरु निर्णायकको रुपमा सहभागी हुने जनाइएको छ ।

Comments