एन्जिलाले सार्वजनिक गरिन “थासाङ् ल्हुम्बु” (थाक खोलाको देश)
screennepal
प्रकाशित: २०७३, २४ पुष आईतवार
no img

मुस्ताङ| दशक अघि अ-स्टोरी नामक एल्बम निकालेर चर्चामा आएकी गायिका एन्जिला गौचनले आफ्नो दोस्रो एल्बम थासाङ् ल्हुम्बु ( थाक खोलाको देश ) सार्वजानिक गरेकी छिन |

शनिबार थकली समुदायक माहान पर्व ल्हाफेवको अवशरमा मुस्ताङको थाक खोलामै आयोजित एक समारोह विच पुर्व बाणिज्य मन्त्रि रोमी गौचन थकालीको हातबाट सार्वजनिक गरेकी हुन् |
enjila-gauchan
चार वटा थकाली गीत समावेश यस एल्बममा मनोज शेरचन, कुल बहादुर गौचन, राजु गौचन तथा स्वर्गीय निला तुलाचनको शब्द संगीत रहेको छ | यस थकाली एल्बममा उनले गायक तथा संगीतकार राजु गौचन संग गएको एक गीतको म्युजिक भिडियो समेत तैयार भएको छ | ङ्ह्याय कान्छारी बोलको उक्त गीतलाई मुनाल फिल्म्स पोखराका भोज गुरुङले भिडियोमा उतार्ने काम गरेका छन् |

थकाली भाषा र संस्कृतिमा रहेको यस एल्बमलाइ नेपाल आर्ट्सले बजार ब्यबस्थापन गरेको छ | एन्जिलाको गायक अविनाश घिसिङ् संग गाएको थाहा पाए तिम्रो बानि बोलको गीत एक दशक अघि निकै चर्चित थियो |

कार्यक्रममा उनले थकाली भाषा संगै छिट्टै नै नेपाली भाषाको एल्बम निकाल्ने तैयारीमा जुटेको पनि बताइन ||

Comments