किम यस कारण सधैं सुन्दर !
screennepal
प्रकाशित: २०७३, १५ पुष शुक्रबार
no img

kim

काठमाडौं, १५ पुस । अमेरिकी मोडल तथा रियालिटी टीभी स्टार किम कार्दासियनले आफ्नो सौन्दर्य राजबारे खुलासा गरेकी छन् । दुई सन्तानकी आमा भइसकेकी यिनको ज्यान अझै पनि भरभराउँदो छ । यसबो कारण खानपानमा अपनाएको अनुशासन भएको उनले बताएकी छन् ।
‘म जथाभावी र जे पायो त्यही खाँदिनँ’ उनले भनेकी छन्, ‘कार्बोहाइड्रेट र सुगरयुक्त खाना सकेसम्म कम खान खोज्छु ।’ मासु र दुग्ध परिकारलाई प्रमुख भोजन बनाएको पनि किमले बताएकी छन् । यस्ता खानामा प्रोटिनको मात्रा बढी हुने र कार्बोहाइड्रेट तथा सुगर कम पाइने भएकाले बताउँदै उनले भनिन्, ‘आफूलाई फिट र स्वस्थ राख्न म सधैं सजग छु ।’ (एजेन्सी)

Comments