दुखद् संयोग : अभिनेत्री क्यारीको निधनको २४ घण्टा नवित्दै आमाको मृत्यु !
screennepal
प्रकाशित: २०७३, १४ पुष बिहीबार
no img

काठमाडौं, १४ पुस । कहिलेकहिँ मृत्यु पनि संयोग जस्तै हुन्छ । यस्तै, दुखद् संयोगको घटना हलिउडमा घटेको छ जबकि, हलिउड अभिनेत्री क्यारी फिशरको निधन भएको २४ घण्टा नवित्दै उनकी आमा डेबी रेनोल्ड्सको पनि निधन भएको छ । यसलाई एक दुखद् संयोगका रुपमा लिइएको छ ।

cary

गायक एडी फिशरकी पत्नी डेबी रेनोल्डस् चर्चित हलिउड अभिनेत्रीका साथै गायिका तथा व्यापारी पनि हुन् । उनले करिब ६५ वर्ष हलिउडमा सफलयात्रा गरेकी थिइन् । सन् १९५० को थ्री लिटल वर्ड्समा हेलेन केनको भूमिकाबाट चर्चा पाएकी डेबीले सन् १९५९ मा आफ्नो पहिलो गीति एल्बम ‘डेबी’ निकालेकी थिइन् । चर्चित हलिउड फिल्म सिरीज ‘स्टार वार्स’ मा राजकुमारी लियाको भूमिका निभाउँदै आएकी उनको छोरी क्यारीको हृदयघातका कारण ६० वर्षको उमेरमा मंगलबार निधन भएको थियो । यसको भोलिपल्ट बुधबार डेबीको पनि निधन भएको थियो । यो खबरको पुष्टि उनका छोरा टड फिशरले पुष्टाएका छन् । क्यारी र डेबीबारे ‘ब्राइट लाइट्सः स्टेरिङ क्यारी फिशर एण्ड डेबी रेनोल्ड्स’ नामको डकुमेन्ट्री पनि बनाइएको छ, जसले हलिउडमा राम्रै चर्चा पाएको थियो । (एजेन्सी)

Comments