मुसहर बस्ती बनाउन बर्दिबासमा धुर्मुस
screennepal
प्रकाशित: २०७३, १३ पुष बुधबार
no img

आरके महतो

बर्दिबास (महोत्तरी), १३ पुस । मुहर बस्ती बनाउन सिताराम कट्टेल ‘धुर्मुस’ महोत्तरीको बर्दिबास आएका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सादा मंगलबार विहानैदेखि खुशी देखिएका थिए । उनीहरु धुर्मुसको बाटो कुरेर बसेका थिए । धुर्मुस आएपछि हातमा राखेको माला र अविरले स्वागत गरिएको थियो ।

img_9227
मरनी बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन् । कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्यार र बोरा ओढेर रात काट्दै छिन् । मरनीले धुर्मुशलाई भेटेपछि निकै खुशी हुदैं भनिन्, ‘हाम्रो हाम्रो त जीवनै बरबाद भएको थियो । घर बनाउन लाग्नु भयो खुशी लाग्यो । ल बाबु ठूलो मानिस बन्नु, यो बुढी आमाको अशिर्वाद छ !’
मंगलबार बिहानैदेखि मुसहर बस्ती बनाउन धुर्मुस मुसहर बस्ती आउने खबरले बर्दिबासका मुसहर बस्तीका स्थानीयहरु उनी आउने बाटो कुरी रहेका थिए । एका बिहानै दाउरा लिन जंगल पुग्ने मुसहरहरु मंगलबार धुर्मुसको स्वागत्मा जुटे । कोही छिमेकीको आगनबाट फूल टिपेर ल्याए । कोही माला उने । होही बस्ती सरसफाइमा जुटे । कोही ‘धुर्मुस सर हजुर कता आइपुग्नु भयो’ भनेर बस्तीका अगुवा मञ्जय सादाले सूचना संकलन गरेर बस्तीका स्थानीयलाई जानकारी गराई रहेका थिए ।

img_9196
धर्मुसको प्रतिक्षमा बसेका मुसहरहरुको सामुने हास्य कालाकार तथा समाजसेवी धुर्मुस पुगेपछि उनीहरु खुशीले गद्गद् भए । मुसहर बस्तको माहौल रोमाञ्चक बन्यो । मुसहरहरुले खुशी भएर धुर्मुसको गलादेखि शिर सम्म माला लगाई दिए । निदारमा टलक टल्किने रातो र पहिलो अक्षतालगाई दिए । धुर्मुस—सुन्तलीको पहलमा बस्ती भित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा विशेष रुपमा धाराबाट अमखोलमा ल्याइएको पानी खुवाएर खुशियाली साटे ।
मुसहरले धुर्मुशलाई मुसहरहरुले घरघर घुमाए । धमुर्स —सुन्तलीले मुसहरको घर बनाइदिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका दुई सय सत्तरी जना मुसहरमा खुशियाली छाएको छ । धुर्मुस—सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) बस्तीको पहिलो चरणको निर्माण कामको लागि काठमाडौंबाट बर्दिबास आएका छन् ।
स्थानीयको स्वागत्ले अफूहरुलाई काम गर्न हौसला बढाएको उनले मुसहरसंगको कुरा धुर्मुसले व्यक्त गरे । ‘मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासका लागि मुल फुटाउन खोजेका हौं । मुसहर बस्तीबाट देशभरी नै समानतको र सद्भवको सन्देश जानेछ । सबै तिरका विभिन्न पीडिमा मलहम पट्टी लगाउने अभियानको थालनी हुने कुरा म विश्वस्त छु,’ उनले भने, ‘हामी सबै खटिएमा देश अवश्य बन्छ ।’
राष्ट्र निर्माण तपाई हाम्रो अभियानलाई आत्म साथ गर्दै सबै जना एकताको सूत्रमा बाँधिएर देश विकासमा लागनु पर्ने बेला आएको उनले बताए ।उनले भने,‘हामीले भोक्ने गरेको भारीले देश बनाउँछ । राजनीतिक नारा लिएर धेरै पटक सडकमा आयौं । एक पटक विकासको नारा लिएर सबै जना गाउँ गाउँ पसौं । दुई बर्षमै देशमा कायापल्ट हुन्छ ।’
मंलबारै धुर्मुसले स्थानीय राजनीतिक दलका नेताहरुसंग मुसहर बस्ती निर्माण सम्बन्धमा अन्तरक्रिया तथा सार्वजनीक सुनवाई गरेका छन् । स्थानीय राजनीतिक दलले मुसहर बस्तीको मुहार फेर्न भारी बोक्न तायार भएको सामुहिक रुपमा प्रतिबद्धता सहित घोषणा गरे ।
चार करोंड अठत्तर लाखको लागतमा मुसहर बस्ती निर्माण कार्य हुदैंछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहार स्वरुप दिने योजना सहित धुर्मुस—सुन्तली पाउण्डेसनले काम थालनी गरेको बताइएको छ ।

Comments