तमू कलाकारले मनाए ल्होछार (फोटो फिचर)
screennepal
प्रकाशित: २०७३, ९ पुष शनिबार
no img

नबिन बाबु गुरुङ |काठमाडौँ

तमू समुदायको धार्मिक तथा साँस्कृतिक चाड तमू ल्होछारका अवसरमा तमू कलाकार संघले शुभकामना आदान प्रदान गरेको छ । तमू अर्थात गुरुङ समुदायले धुमधामकासाथ मनाउने तमू ल्होछार पर्वको पूर्व सन्ध्यामा संघले शुक्रबार काठमाडौंको मित्रनगरस्थित तमू ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषदको कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
_mg_9801
कार्यक्रममा तमू (गुरुङ) सञ्चारकर्मी संघका पूर्वअध्यक्ष एवं सगरमाथा टेलिभिजनका समाचार सम्पादक गणेशमान गुरुङले समुदायको कला र संस्कृति जोगान अहोरात्र खट्ने तमू कलाकारहरुप्रति धन्यवाद व्यक्त गर्दै तमू ल्होछारको उपलक्ष्यमा शुभकामना दिनु भएको थियो ।

शुभकामना दिनुहुँदै तमू ल्होछार मुल आयोजक समितिका मुख्य सचिव लोकबहादुर गुरुङले काठमाडौंको टुंडिखेलमा मनाईन लागिएको यस बर्षको तमू ल्होक्षार पर्व अन्र्तगत साँस्कृतिक फाँट तर्फका सबै कार्य सफलतापूर्वक सम्पन्न गर्न तमू कलाकारहरु सक्षम रहेको विश्वास व्यक्त गर्नु भयो ।
_mg_9795
कार्यक्रममा तमू कलाकार संघका अध्यक्ष राजु गुरुङले सहयोगी दाता एवं तमू ल्होछार मनाउने क्रममा साँस्कृतिक यात्राका लागि विदेश जान लागेका कलाकारहरुलाई सम्मान गर्नु भएको थियो । तमू कलाकारहरुको गीत तथा नृत्यको प्रस्तुती रहेको कार्यक्रममा संघका कानुनी सल्लाहकार अधिवक्ता बेलबहादुर गुरुङ, सल्लाहकार द्वय जीवन गुरुङ र गोबिन्द गुरुङको उपस्थिति थियो ।
_mg_9765
गुरुङ समुदायको धार्मिक तथा साँस्कृतिक परम्परा अनुसार बाँदर बर्गलाई विदाई गर्दै चरा बर्गलाई स्वागत गरि तमू ल्होछार मनाईन्छ । पौष १५ गते विहानको झुल्के घामसंगै नयाँ बर्ग अर्थात चरा बर्गको प्रारम्भ हुने धार्मिक मान्यता अनुसार ल्होछार पर्वलाई गुरुङ समुदायले नयाँ बर्षको रुपमा पनि मनउँछन ।
_mg_9878

_mg_9765

_mg_9730

_mg_9687

_mg_9682

_mg_9760

_mg_9758

_mg_9753

_mg_9744

_mg_9772

_mg_9776

Comments