दुई सातामै लोकेनले बनाए दर्जन म्युजिक भिडियो !
screennepal
प्रकाशित: २०७३, ८ पुष शुक्रबार
no img

vv

काठमाडौं, ८ पुस । निर्देशक लोकेन साँवाले एकसाथ विभिन्न गायक तथा गायिकाको १२ वटा म्युजिक भिडियो निर्माण तथा निर्देशन गरेका छन् । उनले यी भिडियो करिब १५ दिन लगाएर बनाएका हुन् ।

video-photo-6
चासोक तङ्नामको अवसरमा पुर्व आफ्नो जन्मथलो गएको अवसरमा उनले यतिका संख्यामा म्युजिक भिडियो निर्देशन एवं निर्माण गरेका हुन् । अधिकांश भिडियोको छायांकन पुर्वमै गरिएको छ । उनका अनुसार ती म्युजिक भिडियोहरु संखुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम र झापाको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ ।

video-photo-7
लोकेनले यसपटक गायिका गौरीमाया साउदेन, गायक जितेन्द्र राई, पार्वती राई, कुसल थलङ, मनु नेम्बाङ, युबराज इस्पो, राजेन्द्र केरुङ, इन्द्र पन्धाक लिम्बू र सुरज मादेनका गीतहरुलाई म्युजिक बनाएका हुन् ।

video-photo-1
ती म्युजिक भिडियोमा सैलेन्द्र थेबे, सिर्जना निङलेखु लिम्बू र पार्वती राई, राज खिम्दिङ लिम्बू, आयुश साम्बा लिम्बू, रुपा आङ्बुहाङ लिम्बू र मेरिना चेम्जोङ लिम्बू, दुर्गा पालुङ्वा लिम्बू, रबिना लिङ्देन लिम्बू र बबिता फोम्बोले अभिनय गरेका छन् । साथै, म्युजिक भिडियोमा किरात संस्कार संस्कृति केलाङ समूह फुङ्लिङका कलाकार र कञ्चनजंगा क्लव फुङ्लिङका कलाकाले यालाङ–केलाङमा सहयोग गरेका छन् ।

video-photo-4
ती भिडियोको छायांकन भुपेन्द्र तुम्बाहाङ्फे लिम्बू, कोरियोग्राफर दिनेश माङ्मु र शृंगारमा सोम मग्राती रहेका छन् । कलाकारहरुले द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिकले तयार बनाएको ढाका पहिरनमा अभिनय गरेका छन् । उनीहरुका लागि कल्पना ढाका बुटिककी डिजाइनर तथा प्रोपाइटर कल्पना योङ्हाङले परिहन तयार गरिदिएकी हुन् ।

video-photo

video-photo-3

Comments