स्वरुपको प्रियसि अब बजारमा
screennepal
प्रकाशित: २०७३, ७ पुष बिहीबार
no img

स्वरुपराज आचार्यको स्वरमा अनुबन्धीत गित प्रियसिले छुट्ने बेला बोलको गित बजारमा आएको छ । क्रजेज नेपालको अफियल युट्युव च्यानलबाट उक्त गितको भिडियो हालै सार्वजनिक भएको हो ।
priyashi-final-banne-750x375

छ महिनाको गर्भ बोकेर सकिनसकी घरको आगन बढार्दै थिईन, चर्चित मोडल तथा नाईका रिचा थापा । झट्ट हेर्दा साच्चै जस्तो देखिने यो दृश्य हो, स्वरुपराज आचार्यको स्वरमा सजिएको आधुनिक गित प्रियसीको म्यूजिक भिडियो को छांयाङकन को हो । सिता तिवारीको शब्द, नारायण सुवेदीको संगित तथा उदयराज पौडेलको संगित संयोजन रहेको उत्त गितमा स्वर स्वरुपले दिएका हुन् ।

हुन त रिचा थापालाई पर्दामा देख्नेहरु सधै एउटा सफल डान्सर को रुपमा देख्दै आएका थिए र उनलाई डान्सर कै रुपमा चिनिन सजिलो भयो । यो भिडियोमा भने रिचालाई नयां परिवेशमा देख्न सकिने छ ।

ह्याट ईन्टरटेन्मेन्ट को प्रोडक्सन मा निर्माण भएको उक्त गितमा रिचा थापा, महेश्वर थापा र दिपक खड्का लगायतको अभिनय देख्न सकिन्छ । उक्त गितलाई छांयाङ्कन हरि न्यौपाने ले गरेका हुन भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

Comments