ललितकला पत्रकारिता पुरस्कार चाँदनी, सेवा र अञ्जलीलाई
screennepal
प्रकाशित: २०७३, २१ मंसिर मंगलवार
no img
sewa-bhattarai

Sewa- bhattarai

काठमाडौं, २१ मंसिर । नेपाली ललितकला पत्रकारितामा योगदान पु¥याउनुहुने पत्रकारलाई गत वर्षदेखि नेपाल ललितकला पत्रकार समाज–सोफाजले स्थापना गरेको ‘सोपाज–नेपाल वरिष्ठ पत्रकारिता सम्मान’, ‘नारायणबहादुर सिंह ललितकला पत्रकारिता पुरस्कार–२०७३’ तथा ‘सोफाज ललितकला पत्रकारिता पुरस्कार’ यही २४ मंसिरमा प्रदान गर्ने भएको छ । यस वर्ष विभिन्न सञ्चारमाध्यममार्फतललितकला पत्रकारिता गरेका तीनजना पत्रकारलाई पुरस्कृत गरिँदैछ । जसमा चाँदनी हमाल (नागरिक), सेवा भट्टराई (बिबिसि नेपाली सेवा) र अञ्जली रम्तेल (रासस) रहेका छन् ।

anjali-ramtel

Anjali ramtel

अग्रज पत्रकार टंक उप्रेतीको संयोजकत्वमा मधु शाही र सिताराम बडाल सदस्य रहेको तीन सदस्यीय छनोट समितिले पुरस्कृत पत्रकारको नाम छनोट गरेको हो ।
त्यस्तै ‘सोपाज–नेपाल वरिष्ठ पत्रकारिता सम्मान–२०७३’ बाट विगत साढे दुई दशकदेखि नेपाली ललितकला पत्रकारितालाई विशेष महत्व दिइ कलम चलाउनु हुने पत्रकार श्याम रिमाल वरिष्ठ कार्यकारी सम्पादक राससलाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कार मंसिर २४ मा नेपाल आर्ट काउन्सिलमा एक समारोहका बीच प्रदान गरिनेछ ।पुरस्कृत तथा सम्मानित सबैलाई जनही रु ११,१११÷– प्रदान गरिनेछ ।

chadani-hamal

Chadani Hamal

Comments