रेवत–मेलिनाको ‘अलग उपहार’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २० मंसिर सोमबार
no img

rrewat-melina

काठमाडौं, २० मंसिर । गायक रेवत राई र गायिका मेलिना राईद्वारा स्वरबद्ध युगल एल्बम ‘अलग उपहार’को पहिलो भिडियो सार्वजनिक भएको छ । ‘अलिकति प्रीतको नशाले तान’ बोलको गीतलाई यू–ट्यूवमार्फत् सार्वजनिक गरिएको हो छ । विश्वकाजी राईले लिपिबद्ध गरेको यस गीतलाई अर्जुन पोखरेलले संगीत गरेका हुन् । आमोस तामाङको संगीत संयोजन रहेको यस गीतको भिडियोमा प्रियंका कार्की र जीवन भट्टराईको अभिनय रहेको छ । राजिव समरको कोरियोग्रापी रहेको यस भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
अलग उपहारमा विश्वकाजीको अलवा इश्वर चाम्लिङ, मुकेश राई, हेमकुमार राई, डिल्लिराम राई, जगत नवोदित, किरण चाम्लिङ राई र नवराज राईको शब्दलाई शान्तिराम राई, महेश खड्का, तारा प्रकाश लिम्बु, अर्जुन पोखरेल, बसन्त सापकोटा, आभा मुकारुङ र रेवत राईले संगीतबद्ध गरेका छन् ।

अलग उपहारमा समाविष्ट अरु गीतका भिडियोहरु पनि धमाधम बन्दैछन् । उत्पादक तथा वितरक इमिडिया हबले जनाएअनुसार एल्बमको औपचारिक विमोचन चाँडै हुनेछ ।

Comments